१ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो ।
विमास्थल देशको कला संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रुपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैत्रभित्र टर्मिलन, बगैँचालगायतमा सुधार गर्ने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए ।
त्यस्तै, दोस्रो चरणमा वैशाखभित्रदेखि १५ पुसभित्र सबै कार्य सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा रुपान्तरण गरिने सहसचिव उपाध्यायले जानकारी दिए । यो समाचार दिवाकर पन्तले नयाँ पत्रिकामा लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।