न्युजर्सीमा अन्तरराष्ट्रीय नारी दिवसमा ८० बर्षीय नेपाली बृद्धाबाट दीप प्रज्वलन


प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र छिमेकी शहरहरूबाट भेला भएका नेपाली दिदीबहिनीहरूले अन्तरराष्ट्रीय नारी दिवस मनाएका छन्। सो अवसरमा ‘वुमन फर कजको नयाँ कार्य समितिको घोषणा पनि गरिएको छ। वुमन फर कज र बोलो बहनको संयुक्त आयोजनामा अन्तरराष्ट्रीय नारी दिवस मनाइएको हो ।

कार्यक्रमको सभापतित्व डब्ल्यूएफसी प्रेसिडेण्ट बसन्ता खड्काले गरेकी थिईन्। समाजकी जेष्ठ नारी असी वर्षीय खड्गकुमारी पोखरेलले दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरिएको थियो। प्रमुख अतिथि सामाजिक अभियन्ता प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष ईन्दिरा राना मगरलाई परम्परागत खादाद्वारा स्वागत गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समारोहमा मन्तव्य व्यक्त गर्नेहरूमा जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारो, डब्ल्यूएफसी संस्थापक प्रेसिडेण्ट एवं जर्सी सिटी मेयरकी सल्लाहकार विष्णुमाया परियार, प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष ईन्दिरा राना मगर, डब्ल्यूएफसी पूर्व प्रेसिडेण्ट रेणु शर्मा, डब्ल्यूएफसी पूर्व प्रेसिडेण्ट गीता पोखरेल , जर्सी सिटी नेपाली समाज संस्थापक सदस्य प्रदीप परियार थापा, जर्सी सिटी शहर प्रतिनिधि क्याथरिन तान्जी, हड्सन काउन्टी कम्यूनिटी कलेजकी भेरोनिका जेरोनिमो, युवा प्रतिनिधि प्रज्ञा सापकोटा, शेर्पा किदूग युएसए पूर्व कोषाध्यक्ष नुकु शेर्पा, ब्लड डोनर्स अफ अमेरिका प्रतिनिधि संजिव स्रेष्ठ, एनआरएनए आईसिसी पूर्व सदस्य सुनिता शर्मा, एनआरएनए अमेरिका सल्लाहकार यम अधिकारी, संचारकर्मी किशोर पन्थी, साहित्यकार शकुन ज्ञवाली र कलाकार कविना महर्जन रहेका थिए ।

कार्यक्रममा साहित्यकार शान्ता अधिकारी घिमिरेले गीत, कबिना महर्जन र रसा भट्टले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य निर्मला कुमाल र सन्चालन शान्ता वस्तीले गरेकीथिईन्। डब्ल्यूएफसी प्रेसिडेण्ट बसन्ता खड्काले धन्यवाद सहित समारोहको समापन गरेकी थिईन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com