अपहरणमा परेकाे भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा
प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार
अपहरणमा परेकाे भनिएकी बझाङकी प्रदेश सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा आएकी छन् । शुक्रबार स्थानीयबासीले सांसद मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’काे पार्टी नेकपाले अपहरण गरेकाे भन्दै प्रहरीलाई सुचना दिएका थिए ।
अपहरण परेकी सांसद मल्ल प्रहरी सम्पर्कमा आएकाे बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई खाेज्न गएकाे प्रहरी टाेलीले भेटी सकेकाे छ । ‘फाेन नलाग्ने भएकाले विस्तृत जानकारी आउन बाँकी छ,’ धितालले भने, ‘अपहरण परेकाे भन्ने यकिन छैन । प्रहरी पुग्दा त्यहाँ अरु काेही थिएन ।’
नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो। केदारस्युँ गाउँपालिकाको सैन्सुबाट मल्ल अपहरणमा परेकी हुन्।
मल्ललाई अपहरण गरेर ३०/३५ जना विप्लवका कार्यकर्ताले बुङगल नगरपालिकाको जंगलतर्फ लगेको स्थानीयले बताएका छन्।






