अपहरणमा परेकाे भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा


प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार

अपहरणमा परेकाे भनिएकी बझाङकी प्रदेश सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा आएकी छन् । शुक्रबार स्थानीयबासीले सांसद मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’काे पार्टी नेकपाले अपहरण गरेकाे भन्दै प्रहरीलाई सुचना दिएका थिए ।

अपहरण परेकी सांसद मल्ल प्रहरी सम्पर्कमा आएकाे बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई खाेज्न गएकाे प्रहरी टाेलीले भेटी सकेकाे छ । ‘फाेन नलाग्ने भएकाले विस्तृत जानकारी आउन बाँकी छ,’ धितालले भने, ‘अपहरण परेकाे भन्ने यकिन छैन । प्रहरी पुग्दा त्यहाँ अरु काेही थिएन ।’

नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो। केदारस्युँ गाउँपालिकाको सैन्सुबाट मल्ल अपहरणमा परेकी हुन्।

मल्ललाई अपहरण गरेर ३०/३५ जना विप्लवका कार्यकर्ताले बुङगल नगरपालिकाको जंगलतर्फ लगेको स्थानीयले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com