रवीन्द्रको सम्झना : श्रीमान् होइन, असल साथी गुमाएँ


प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार

सहकार्यदेखि प्रेम र विवाहसम्म : रवीन्द्र अधिकारी सरकारात्मक सोच भएको, अरुको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमान्दार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु ।

हाम्रो भेट ०५० मा भएको हो । त्यस वर्षको अन्तिममा हेटौँडामा अनेरास्ववियुको सम्मेलन भयो । म बागमतीबाट प्रतिनिधि थिएँ, उहाँ गण्डकीबाट । सम्मेलनमा हामी दुवै निर्वाचित भयौँ । त्यसैबेलादेखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो । सांगठनिक सहयात्रा थियो । आपसमा पनि नजिक हुन थाल्यौँ ।

बिस्तारै हाम्रो स्वभाव मिल्ने जस्तो देखिन थाल्यो । हामी दुईबारे संगठनमा समेत चर्चा हुन थाले । यो जोडी विवाह गर्दा राम्रो हुन्छ भनेर साथीहरुले सल्लाह पनि दिन थाले । तर, हामी बिहेबारे सोचिसकेका थिएनौँ । चर्चा हाम्रो घरसम्म पुगेछ । दुवैको घरमा सल्लाह पनि भएछ । घरमा यस बारे सामान्य सोधपुछ भयो । यसलाई मेरै जिम्मा छाडिदिनुस् भनिदिएँ । र, केही वर्ष प्रेम सम्बन्धमा रहेर हामीले २०५६ मा विवाह गर्यौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com