मन्त्री अधिकारीको निधनप्रति अमेरिकी दूतावासबाट शोक व्यक्त
प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार
आज ताप्लेजुङ्गमा भएको हेलीकोप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी लगायत सबैप्रति काठमाडौंमा रहेको अमेरिकी दूतावासले भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । दूतावासका तर्फबाट शोकाकूल परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको छ ।
यसैबीच राजदूत र्याण्डी बेरीले पनि ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । गद्दी बैठकले अरु धेरै परियोजनामा नजिकबाट काम गर्ने सबैजना व्यक्तिगत रुपमा पनि अधिकारीको निधनबाट शोकमग्न भएको बेरीले जनाउनुभएको छ ।
For those people at the Embassy who worked so closely with @RabindraADH on Gaddi Baithak and much more, they are mourning his loss personally. pic.twitter.com/CHWD7bnwK5
— Ambassador Randy Berry (@USAmbNepal) February 27, 2019
We are saddened to hear of the helicopter crash and extend our heartfelt condolences to the families of all those who perished on the flight.
— Ambassador Randy Berry (@USAmbNepal) February 27, 2019






