डिसीमा रामप्रसाद खनाल र प्रेमराजा महतले गाउँदै , कोमल वली नाच्दै


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

गाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफु पनि नाच्दै र अरुलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि ।

अमेरिकाको वाशिङटन डिसी स्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ कविता कृति ” मुर्दाहरूको बस्ती ” र ” रामप्रसाद खनालका सदाबहार गीतहरू ” एकसाथ विमोचन गरिएको छ ।

राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ लोक तथा दोहोरी गायिका कोमल वली, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, म्यारिल्यान्ड र पेन्सल्भिनियाका लागि महाबाणिज्यदूत एवम् वरिष्ठ लोक तथा दोहोरी गायक प्रेमराजा महत, पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, वरिष्ठ लोक गायक नवीन खड्का र खनाल पत्नी तीर्था पौडेलले दुवै कृतिहरू सामूहिक रूपमा विमोचन गर्नुभयो ।

अमेरिकामा बसोबास गर्ने कलाकारहरू, समाजसेवीहरू, नेपाल लाई माया गर्ने अमेरिकीहरू, नेपाली सङ्घ संस्थाका प्रमुखहरूको उपस्थितिमा उक्त दुई कृतिहरू विमोचन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा राजदूत कार्की, सांसद ओली, पूर्व अमेरिकी राजदूत डेलिसी, महाबाणिज्यदूत महत, वरिष्ठ लोकगायक खड्का आदिले मन्तव्य पनि व्यक्त गर्नुभएको थियो । राजदूतावासले सांसद वलीको स्वागत कार्यक्रम र कार्यक्रमको अन्त्यमा नेपाली मैत्री भोज समेत आयोजना गरेको थियो ।

कार्यक्रममा अतिथि गायिका वली, गायकहरू महत, खड्का, खनाल, तिमील्सेनाले गीतहरू गाउनुभएको थियो भने नवीन केसी, लुना श्रेष्ठ, सुस्मा खनाल लगायतका केही कलाकारहरूको नाच पनि प्रस्तुत गरिएको थियो । गाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफु पनि नाच्दै र अरुलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि ।

कविता कृति ” मुर्दाहरूको बस्ती ” खनालको सत्रौँ पुस्तक र दोस्रो कविता सङ्ग्रह हो भने ” रामप्रसाद खनालका सदाबहार गीतहरू ” खनालको ४७ औँ एलबम हो । यस अघि नै खनालले एक हजार दुई सय भन्दा बढी गीत लेखन एवम् गायन गरिसकेका छन् भने खनालले एक हजार भन्दा बढी कविता, गजल र मुक्तकहरू लेखन एवम् प्रकाशन गरिसकेका छन् ।

खनालको नयाँ कविता कृति ” मुर्दाहरूको बस्ती ” दुई सय पेजको छ जसमा राष्ट्र, राष्ट्रियता, बर्तमानको नेपाल सँग सम्बन्धित कविताहरू समावेश छन् भने ” रामप्रसाद खनालका सदाबहार गीतहरू ” जसमा एघार वटा लोक गीत, लोक भजन, पञ्चेबाजा, आधुनिक गीत लगायतका गीत समावेश गरिएको छ ।

खनालले गत वर्ष प्रकाशन गरेको तिन सय पेज रहेको कविता कृति ” देश हराएको मान्छे ” पाठकहरूले अत्यन्त रुचाएका थिए । उक्त कृतिको दोस्रो संस्करण अहिले बजारमा छ भने खनालका गीत सङ्गीत कर्णप्रिय, लोकप्रिय पनि छन् भन्छन् उनका दर्शक र श्रोताहरू ।

नेपालको लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको लागि त्यसै गरी देश विदेश जहाँ रहँदा पनि खनालले नेपाली भाषा, साहित्य, कलाको क्षेत्रमा पुर्‍याएको योगदानको सबैले खुलेर प्रशंसा गर्ने गरेको पाइन्छ ।

खनाल मात्र होइन खनालका शिष्यहरू पनि अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्थापित कलाकार हुनुले खनालको योगदान कति छ भन्ने कुरा पुष्टि हुन्छ भन्छन् उनका दर्शक र श्रोताहरू ।

सो अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका तर्फ बाट अध्यक्ष खनालले गीत सङ्गीत र पत्रकारितामा आफ्नी सहयात्री एवम् अतिथि कोमल ओलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने अतिथि वलीले सुस्मा खनाल र अर्की नयाँ प्रतिभालाई पनि मायाको चिनो प्रदान गर्नुभएको थियो भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com