अष्ट्रेलियामा विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीहरुको शिक्षा मन्त्रालयद्वारा छानविन शुरु


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले घटनामा मुछिएका र अन्य कन्सल्टेन्सीको विषयमा समेत अनुसन्धान हुने जानकारी दिदै भन्नुभयो–हामीले एाइविटीमा विद्यार्थी पठाउने सबै कन्सल्टेन्सीको कागजात मागेर छानविन गर्नेछौ, यदी दोषी देखिएमा कारबाही गर्नेछौ ।

ठगीको आरोप लागेका अधिकांस कन्सल्टेन्सीले अष्ट्रेलियामा शाखा कार्यालय खोलेका छन् । उनीहरुले विदेशमा कुन माध्यमबाट लगानी गरी शाखा कार्यालय संचालन गरेका छन् भन्ने विषयमा समेत छानविन गर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिले आज आईतबार विदेशमा विद्यार्थी पु¥याउने संस्था इक्यान, आइरिन, फेकन र नायरका अध्यक्षसंग छलफल गर्ने भएको छ । लगत्तै ठगी गरेका भनिएका कन्सल्टेन्सीका संचालकसंग समेत छलफल गर्ने भएको छ ।

मन्त्रालयले विवादित कन्सल्टेन्सीका संचालकलाई इाइबिटीमा नर्सिङ पढाउन कति पठाएका सबै विद्यार्थीको तथ्याङक माग गरेको छन् । चार विभिन्न संस्थामा आबद्ध गरेका कन्सल्टेन्सीबाट पिडित विद्यार्थी अष्ट्रेलियाएाइबिटीमा पुगेका हुन । ७ सय ४३ जना विद्यार्थीको बिचल्ली भएपछि सो कलेजमा पठाएका अधिकांस कन्सल्टेन्सीका संचालक अष्ट्रेलिया पुगेका छन् ।

सयौ विद्यार्थी समस्यामा परेपछि अष्ट्रेलियामा रहेका नेपाली कन्सल्टेन्सीले विभिन्न कलेजमा पु¥याउन चलखेल गरिरहेका छन् । विश्वविद्यालय र कलेजले बढी कमिशन दिने भएपनि उनीहरुले मर्कामा परेका विद्यार्थीसंग म यो कलेजमा पठाइदिन्छु भन्दै वार्गेनिङ गर्न थालेका छ ।नेपाल समाचारपत्र दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com