रक्तदान गर्न ११ हजार किलोमिटर यात्रा गरे मैनालीले


प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार

हरेक बर्ष अफ्रिकामा ६ लाख सुत्केरी तथा गर्ववती महिलाहरु अत्यधिक रक्तश्राव हुँदा रगत नपाई जीवन गुमाउँछन । अझ इथियोपिया जस्तो गरीब देशमा त दुई तिहाइ बिरामीहरुले रगत नै पाउँदैनन । यहिकुरा थाहा पाएर रक्तदान नै गर्न भनेर अर्जुन मैनाली गत मंगलबार न्यू योर्क देखी ११,२०० किलोमिटर टाढाको अफ्रिकाको इथियोपियामा एक दिनकोलागी पुगे ।

इथियोपिया नेशनल ब्लड सर्भिसले एडिस अबाबाको पाँच तारे होटेल क्यापिटल इन्टरनेशनलमा अर्जुन मैनाली एकजनालाईमात्र रक्तदान गराउन र रक्तदान अन्तरकृयाको लागि एउटा बिशेष कार्यक्रम नै गर्‍यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रक्तदान गरे पस्चात मैनालीले ‘मसँग भएको मानविय अमुल्य जीवनको भन्डारलाई तपाईंहरुसँग अलिकती बाढुँ भनेर आफ्नै साधन श्रोतमा यहाँसम्म आएको हुँ’ भने ‘इथियोपियामा बिरामी उपचार गर्नको लागि पर्याप्त रगत नभएको यस अवस्थामा कुनै अद्रिश्य शक्तिले मेरो मन, भावनामा रक्तदान गर्न इथियोपियामा नै जाउँ जाउँ जस्तो लाग्यो र आएँ’ भने ।

रक्तदान अन्तरकृया कार्यक्रममा रक्तदाता मैनालिले निस्चित अबधि पस्चात स्वस्थ ब्यक्तिले रक्तदान गर्न सक्ने आफ्नो उदाहरण दिदै मैले ३१ बर्षको अबधिमा १५ देशमा १६८ पटक रक्तदान गरेको छु । यो भनेको ८४ हजार मिलिलिटर रगत हो र मेरो आफ्नै रगतले मात्रै ५०४ जनासम्मलाई बच्चाउन सहयोग हुन्छ’ भन्दा त्यहा उपस्थित २० वटा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाका करीब ७० जना सहभागीहरुले उठेर ताली बजाएर अभिवादन गरेका थिय । त्यसपछी उपस्थित सबैले एकै स्वरमा ‘म रक्तदाता हुँ’ भन्दै प्लेकार्ड हल्लाए ।

उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सेहर्ला अब्दुलाहीले रक्तदाता मैनाली एक असाधारण ब्यक्तित्व हुन र यिनको कार्यले हाम्रा नागरिकहरुमा रक्तदान गर्न उत्साह मिल्ने बिचार ब्यक्त गरिन । रगत पाएर बचेँका उपस्थित सहभागीहरुले ‘रक्तदाता मैनाली जस्तै हामीलाई धेरै रक्तदाताहरु चाहिएको छ’ भने । कार्यक्रमको अन्त्यमा मैनालीलाइ राज्यमन्त्रिले प्रशंसापत्र र राष्ट्रिय पोशाकले सम्मान गरेकी थिइन् । रक्तसन्चार सेवका पदाधिकारी र संचारकर्मिहरु सहित दिवा भोज पस्चात मैनालीलाइ त्यहाको एैतिहासिक स्थान अबलोकन गराइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com