स्वास्थ्यमन्त्री थापालाई मन्त्रालयको दरबन्दीबारे जानकारी छैन


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताए । ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवम् अन्य जनशक्तिको दरबन्दी सङ्ख्या र ती दरबन्दीमा को कुन स्थानमा काम गर्छन् भन्ने अझसम्म जानकारी पाउन नसकिएको स्पष्ट पारे ।

उनले भने,‘मैले मन्त्री पद सम्हालेको पाँच महिना पूरा भइसकेको छ । आजका मितिसम्म मैले मन्त्रालयअन्तर्गत कुन निकायमा कति दरबन्दी छ, ती दरबन्दीमा को को काम गरिरहेका छन् जानकारी पाएको छैन ।’ आफूले दुई महिना अगाडि सोलुखुम्बुको सोताङ प्राथमिक चौकीको निरीक्षण गर्न पुग्दा हाजिरकापीमा दुई चिकित्सकले हाजिरी गरेको देखिएको बताउँदै भने,‘ती चिकित्सक (उहाँहरु) कहाँ हुनुहुन्छ भन्ने कुरा मैले जानकारी पाइन, मन्त्रालयमा बुझ्दा त एक जना तालिम शीर्षकमा तालिममा हुनुहुँदोरहेछ, एक जनाको हुनुहुँदोरहेछ अझै अत्तोपत्तो छैन ।’ आफूले सेवा नदिने तर पद ओगटेर बस्ने कर्मचारीलाई कि काम कि पद छाड्न विकल्प दिइएको जानकारी दिए । सो संस्थाले एक वर्षमा स्वास्थ्यकर्मीले ९६ दिन मात्र सेवा दिने गरेको पाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com