भ्यालेन्टाइन्स डे : प्रेमका सारथीलाई जलाएको दिन


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

भनिन्छ, भ्यालेन्टाइनको दिन आफूले मन पराउने व्यक्तिलाई सबै कुरा भन्यो भने मनको कुरा पुग्छ । त्यसैले प्रेमको प्रतिकका रुपमा विश्वभर यो दिवसलाई विशेष महत्वका साथ मनाईन्छ । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसको प्रसंगमा सेन्ट भ्यालेन्टाईनको नाम अगाडि आउँछ । सेन्ट भ्यालेन्टाईन एक पादरीको नाम हो । जसले रोमका सैनिकहरुको अन्तरकथा बुझेको थिए ।

हुन त क्रिस्चियन धर्मले धेरै धार्मिक शहिदहरुलाइ भ्यालेन्टाइनको संज्ञा दिएको छ । सन् १९६९ सम्म क्याथोलिक चर्चले औपचारीक रुपमा ११ वटा भ्यालेनटाइन भएको घोषणा गरेको थियो । तर १४ फेबुअरीमा सम्झना गरीने सेन्ट भ्यालेन्टाइन भने रोमका हुन । उनी सन २६९ मा मारिएका थिए । सेन्ट भ्यालेन्टाईनलाई मार्ने व्यक्ति रोमका सम्राट क्लाउडियस द्धितीय हुन् ।

सम्राट क्लाउडियस युद्ध मनपराउने क्रुर शासक थिए । युद्ध र रक्तपातबाट आजित भएका रोमका युवाहरु सेनामा भर्ती हुन चाहिरहेका थिएनन् । तर रोम सम्राट विश्व विजयको अभियानमा लागिरहेका थिए, यसका लागि उनी युवाहरुलाई जसरी पनि सेनामा भर्ती गर्न चाहन्थे । सम्राटको अधिनायकवादी शासन बलियो बनाउन धेरै युवाले बलिदानी दिए । तर आफ्नो शासन अझ विशाल बनाउन रोमका सैनिक संगठन अझ विशाल बनाउने ध्याउन्नमा थिए ।

तर कतिपय युवाले सम्राटको यो कदमप्रति बिरोध जनाए । अझ श्रीमती वा प्रेमिकाको मायाका कारण रोमका युवाहरु सेनामा भर्तीं हुन मानेनन् । जब सेनामा भर्ती हुन युवाहरु अनिच्छुक भए, तब सम्राट क्लाउडियसले युवाहरुको विवाह गर्न रोक लगाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले विवाह नगराउन चर्च र पादरीहरुलाई उर्दी जारी गरे । सम्राटको यो उर्दीले युवाहरुको मनमा काँडा विझ्यो । युवाहरुको प्रेममा तुषारापात भयो, खिन्न भए उनीहरु । तर प्रेम अभियानको सहयोगीको रुपमा त्यतिबेलै उदाए एकजना पादरी भ्यालेन्टाईन । उनले गोप्यरुपमा युवाहरुको विवाह गराउन थाले । भ्यालेन्टाईनको अभियान नै थियो युवाहरुको विवाह गराउने । सम्राटको बिहे र प्रेमको पक्षमा सुरु गरिएको विहे अभियान तत्कालीन शासकप्रतिको विद्रोह थियो ।

जब यो कुरा शासकहरुको कानमा पुग्यो त्यतिबेला भ्यालेन्टाईनलाई मृत्युदण्ड सुनाउने निर्णय गरियो । मृत्यूदण्ड जस्तो दर्दनाक निर्णयबाट पनि उनी विचलित भएनन् । उनलाई जेल हालियो । जेलरले उनलाई कठोर यातना दिएर राखेका थिए, तर जेलरकी छोरी भने भ्यालेन्टाइनलाई भेट्न आउथीन, सम्मान गर्थीन् । सन् २६९ फेब्रुअरी १४ मा फासीमा झुण्ड्याइने निश्चित थियो, भ्यालेन्टाइनलाई पहिले नै थाहा थियो ।

मृत्युदण्ड पाउने जानकारी दिदैं उनले आफ्ना शुभचिन्तकहरुलाई पत्र लेखेका थिए । उनलाई रोमको भिया फे्लमिनियामा जलाएर मृत्युदण्ड दिइएको थियो ।

उनकै सम्झनामा आज पनि प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे मनाउने गरिन्छ । उनको स्तम्भ अझै रोमको सेन्ट प्राक्स्ड चर्च र आयरल्याण्डको डब्लिनमा छ । क्याथोलिक धर्मले अर्को पनि भयालेन्टाइन भएको बताए पनि उनको बारेमा भने त्यति जानकारी अझै सम्म थाहा हुन सकेको छैन ।

उनलाइ १४ फेव्रवरीकै दिन उनका धेरै अनुयायिहरु संगै अफ्रिकामा फासि दिइएको भन्ने कुरा छ । तर उनको बारेमा कुनै धेरै जानकारी छैन । पादरी कुन् हुन् विमति छ, तर भ्यालेन्टाइन प्रेमका धरोहर हुन्, प्रेमीहरुका आस्था हुन् । त्यसमा विमती छैन ।

त्यसैले संसारभरिका प्रेमी प्रेमीकाहरुका नजरमा उनी सम्मानित छन् । सेन्ट भ्यालेन्टाइनको नाममा प्रेम दिबस मनाउने गरीए पनि धैरे भ्यालेनटाइनहरु मध्ये कुन चाहि भ्योलेन्टाइनको सम्झनामा यो दिवस मनाइएको हो भन्ने कुरा स्पस्ट छैन ।

तर पनि १४ फेव्रअरीकै दिन धेरै भ्यालेन्टाइनहरुलाइ फासि दिइएको बताइएपनि क्रिस्चियन र रोमका भ्यालेन्टाइन मध्ये कसको सम्झना गरेर यो दिवस मनाईएको हो भन्ने कुरा स्पस्ट नभए पनि धेरैले रोमका यिनै भ्यालेन्टाइनको सम्झनामा प्रेम दिवस मनाउने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com