मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ को अडिसन सम्पन्न


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ को अडिसन गत शुक्रबार इन्द्रेणी फुडल्यान्ड, महाराजगञ्जमा सम्पन्न भएको छ ।

अडिसनमा निर्णायकको रुपमा गनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्यले गर्नुभएको थियो ।

कुल ९२ जनाले अडिसनमा भाग लिएकोमा  जम्मा ५० जनालाई मात्र छनौट गरिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिनुभयो । छनौट भएका प्रतियोगीहरुलाई यहि मंगलबारदेखि १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ जस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, बोल्ने कला,आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका कृयाकलापहरु रहनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । प्रतियोगितामा उमेर समूह ६-८, ९-१०, ११-१३ गरेर तीन समुहमा बिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ ।

विगतमा कर्पोरेट नाईट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ पहिलो संस्करण हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com