अमेरिकामा नेपालीको लगानीमा लक्सो राइड, चालकलाई ८५ प्रतिशत


प्रकाशित मिति : माघ १९, २०७५ शनिबार

– अनिल अधिकारी

बिश्वबजार उछल्ने लक्ष्य राखेका छौं, तर पहिलो सहयोग नेपालीहरुबाटै हुने आशा : प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ

प्रविधिसंग खेल्न जान्यो भने अबरपति होइन खबरपति भइन्छ भन्ने उदाहरणका रुपमा आज उबर नामक एपवेश ट्याक्सी कम्पनीलाई लिन सकिन्छ । उबर यस्तो ठुलो ट्याक्सी कम्पनी हो, तर जसको आफ्नै एउटा पनि ट्याक्सी छैन् ।

यही अवधारणमा काम गर्ने लक्ष्यका साथ अहिले न्यूयोर्क सिटीमा लक्सो राइड नामको नेपाली ट्याक्सी कम्पनी शुरु भएको छ । लक्सोका सस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जयश श्रेष्ठ भन्छन्, हामी अहिले २१ औं शताब्दीमा छौं, हामी प्रविधिले सिकाए अनुसार नै चल्ने हो, हामी काम गर्न सक्छौं भन्ने लक्ष्य र स्पष्ट उदेश्यका साथ लक्सो राइड नामक ट्याक्सी कम्पनी शुरु गरिएको छ आशा छ हामीलाई पहिलो सहयोग नेपालीहरुबाट प्राप्त हुनेछ ।

श्रेष्ठ भन्छन्, हाल न्यूयोर्क राज्यबाट संचालनमा आएको लक्सो भावी दिनहरुमा अमेरिकाका ५० वटै राज्य र विश्वभर संचालन गर्ने उदेश्यका साथ काम गरिरहेका छौं । अहिले शुरुवाती दिनमै लक्सोका एक हजार भन्दा बढी ड्राइभर छन्, भने त्यती नै संख्यामा ग्राहक समेत भई सकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीहरुको लगानीमा शुरु भएको एपवेश ट्याक्सी कम्पनीमा हाल सात जना संचालक रहेका छन् । प्रमुख लगानी कर्ता तथा प्रमुख कार्यकारी अधिकृत जयश श्रेष्ठ भन्छन् – ‘ हामीले सबैलाई वेलकम गरिरहेका छौं, आउनुहोस हामी मिलेर काम गरौं र आम्दानी समेत गरौं ।’

लक्सोको एप आईफोनमा डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।

हाल न्यूयोर्क सिटीमा मात्र संचालनमा आएको भएपनि लक्सो ट्याक्सी कम्पनीले टेक्सासमा समेत संचालनका लागि अनुमति लिईसकेको छ । अमेरिकाका ५० वटै राज्यका प्रमुख शहरहरुमा संचालन गरिने भएकाले प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लगानी गर्न इच्छुक नेपाली दाजुभाई दिदी बहिनीहरुलाई समेत आग्रह गरेका छन् ।

यस्तै हाल ट्याक्सी चलाईरहेका नेपालीहरुले यदी लक्सो राइड समेत  चलाएमा भविश्यमा शेयर समेत दिने घोषणा गरेका छन् ।जयश  भन्छन् – ‘हामीले ड्राइभरलाई नै फाइदा होस भन्ने हेतुले यो कम्पनी बजारमा ल्याएका हौं, यदी सबै नेपाली चालकहरुले हाम्रो कम्पनीलाई चलाउनु भयो भने हामीले सबै नेपाली चालकहरुलाई कम्पनीको एक हजार डलर बराबरको कम्पनी शेयर दिने लक्ष्य बनाएका छौं ।’

लक्सोको एप एण्ड्रोइडमा डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस् ।

१५ लाख अमेरिकी डलर खर्च गरेर शुरु गरिएको यो एपवेश ट्याक्सी कम्पनी भोलीका दिनमा नेपालीहरुलाई धनि बनाउने लक्ष्य राखेर काम गरिएको यसका संचालकहरु बताउँछन् । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अमेरिकामा रहेका सबै नेपालीहरुसंग हामी छिटै सार्वजनिक छलफलमा आउने छौं अनि शेयर लिनका लागि आग्रह समेत गर्ने छौं । भने चालकका लागि प्रत्येक चालकलाई एक हजार डलर बरारबरको शेयर दिने छौं ।

कसरी शुरु भयो अवधारणा

न्यूयोर्क सिटी लगायत अन्य प्रमुख शहरहरुमा संचालनमा रहेका उबर, लिफ्ट, भिया, जुनो जस्ता एपवेश ट्याक्सी कम्पनीहरुले ड्राइभरलाई कम कमिशन दिने गरेको गुनासो छ । हाल उबर, लिफ्ट, भिया, जुनो जस्ता एपवेश ट्याक्सी कम्पनीले ३५ देखी ४० प्रतिशत सम्म कटाएर बाँकी पैसा ड्राइभरलाई दिने गरेका छन् । तर लक्सोले हाल संचालन खर्चका लागि १५ प्रतिशत मात्रै कटाएर ८५ प्रतिशत कमाई ड्राइभरलाई दिने गरेको छ ।

यही अवधारणाका साथ संचालनमा रहेको लक्सोले भोलीका दिनमा समेत सबै ड्राइभरलाई फाइदा दिने लक्ष्यका साथ बजारमा आएको हो । यसको मुख्य उदेश्य भनेको स्वच्छ प्रतिस्पर्धामा संचालन गर्नु हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्छन्, यहाँ चालकलाई कम रकम दिने गरिएको छ, हामीसंग कुनै हिडन फि छैन् । हामीले यसलाई फेयर बिजनेश भन्ने गरेका छौं ।

ग्राहकका लागि फाइदा

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उबर, लिफ्ट, भिया, जुनो जस्ता एपवेश ट्याक्स चढिरहेका सम्पूर्ण नेपालीहरुलाई यो नेपालीहरुको लगानीमा शुरु भएको ट्याक्सी कम्पनी भएकाले सबैलाई एप डाउनलोड गरेर सहयोग गर्न आग्रह गरेका छन् । श्रेष्ठले भने हामी एक अर्कालाई सहयोग गरेर नै अगाडी बढ्ने हो । हामीलाई पहिलो सहयोग नेपाली ग्राहकको हुनेछ भन्ने आशा गरेका छौं ।

श्रेष्ठका अनुसार ग्राहकले पहिलो पटक यो लक्सो ट्याक्सी कम्पनी चडेमा २० डलर बराबरको छुट पाउने छन् । भने अतिरिक्त चार्ज अर्थात शर्चचार्ज हुनेछैन् । कम्तीमा नेपालीहरुले एपवेश ट्याक्सी चड्दा लक्सो चडिदिनु भयो भने हामी विश्व बजारमा पुग्न सहयोग हुनेछ ।

अनुभवी जयश  प्रमुख कार्यकारी अधिकृत

करिव २४ बर्ष अघि अमेरिका आएका श्रेष्ठ कम्पूटरमा दक्ष छन् । काठमाण्डौको लाम्पिाटमा जन्मेका श्रेष्ठले अमेरिकामा कम्पूटर साइन्स एण्ड इन्जिनियरिङ्ग बिषयमा स्नातकोत्तर गरेका छन् । अहिले परिवार सहित ह्वाइट प्लेन न्यूयोर्कमा बस्दै आएका श्रेष्ठले मेडिकल, कम्यूनिकेशन, एजुकेशन, फाइनान्स कम्पनीमा अधिकृत लेवलको काम गरेको अनुभव संगालेका छन् ।

प्रमुख व्यापारिक शहर न्यूयोर्कबाट काम थालेको भएपनि विश्व बजारमा नेपाली उद्यमीको ट्याक्सी पुराउने निर्दिष्टलक्ष्य राखेका श्रेष्ठ भन्छन् – ‘ कामले काम सिकाउने हो, हामी सिक्दै छौं।’

तर पहिलो सहयोगका रुपमा नेपाली चालक तथा ग्राहकहरुबाट हुनेमा आशावादी रहेको जनाए ।हाल एपवेश ट्याक्सी कम्पनीबाट लगानी गरि विश्वबजारमा काम गर्न शुरुवात गरेका श्रेष्ठले नेपालीहरुकै लगानीमा मनि ट्रान्फर कम्पनीको काम समेत भई रहेको जानकारी दिएका छन् ।

नेपालीहरु समेत विश्व बजारमा लगानी र प्रतिस्पर्धा गर्न सक्छन भन्ने प्रमाणित गर्ने आफ्नो पहिलो र स्पष्ट लक्ष्य रहेको बताउँछन् । यसका लागि अन्य लगानी कर्ता समेत संलग्न गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com