नेपाली संघिय समाज अमेरिकामा दोश्रोपटक समिर महर्जन


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

नेपाली संघीय समाज अमेरिकाको दोस्रो महाधिबेशनले पुनः समिर महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।  महाधिबेशन २ चरणमा सम्पन्न गरिएको थियो ।

संघीय समाज फोरम नेपालका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यता, समिर महर्जनको अध्यक्षतामा सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा संस्थाका उपाध्यक्ष लिला राईको स्वागत मन्तव्य र समाजका सचिव लोक चेम्जोङको सञ्चालन रहेको थियो । कार्यक्रममा प्रमुुख अतिथि डा. लावतीले पार्टीको उद्धेश्य बारेमा बताउँदै संघीय समाज फोरम नेपाल, मात्र एक पहिचानवादी पार्टी रहेको तथा पार्टीले सबैको समान अधिकार र पहिचानको लागि लड्दै आएको बताएका थिए ।

साथै संघीय समाजवादी पार्टी कुनै जातिवादको पार्टी नभएर सबैको समान अधिकार प्राप्तिका लागि लागिरहेको बताएका थिए । करिब १ घण्टा लामो प्रशिक्षण समेत दिएका डा. लावतीले सबैको समान अधिकारका लागि सरकार र नेताहरु आजसम्म तयार नभएको आरोप समेत लगाएका थिए । डा. लावतीले नेताहरुमा नातावाद तथा आफू र आफ्नो लागि मात्र भन्ने प्रवृतिको विकास भएको भन्दै दुःख व्यक्त गरेका थिए ।

सोहि अवसरमा जनमोर्चा अमेरिकाका अध्यक्ष अग्नी राईले महाधिबेशन सफलताको शुभकामना दिदै समाजलाई सदैव सहयोग गर्ने बताएका थिए । त्यस्तै जनजाति महासंघ (फिफ्ना) अमेरिकाका अध्यक्ष मान बहादुर राना मगरले आफ्नो हकहित र पहिचानका लागि सबै जनजाति एक भएर अघि बढ्नुपर्ने बताए । उनले अहिलेको संविधानले जनजातिको अधिकार र पहिचान दिलाउन नसक्ने समेत बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एनआरएनए अमेरिकाका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मन्च अमेरिकाका अध्यक्ष सन्जय थापाले विदेशको ठाउँमा सबै नेपाली एक हुनुपर्ने र एनआरएनएको आगामी चुनावका लागि सबैले एनआरएनएको सदस्यता लिन समेत अनुरोध गरेका थिए । थापाले आफू जुन पार्टीमा भएपनि पहिचानको लागि सदैव आवाज उठाउँदै आएको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

नेपाल सरकारका प्रतिनिधि तथा कार्यक्रमका विशेष अतिथि पुष्प भट्टराईले महाधिबेशनको शुभकामना दिएका थिए । त्यस्तै एनआरएनए नर्थ अमेरिकाका पूर्व रिजनल कोर्डिनेटर सोनाम लामाले महाधिबेशनको शुभकामना दिदै परदेशमा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताउदै एनआरएनएको सदस्यता लिने समय फेब्रअरी १५ सम्म रहेकोले सबैलाई सदस्यता लिएर संस्थालाई सहयोग गरिदिन अनुरोध गरेका थिए ।

त्यसैगरी फरार डण्डी शेर्पाले आफूहरुको लडाइ कुनै जातिसँग नभएर सामन्तको लागि भएको बताएका थिए भने प्रवासी नेपाली मन्चका महासचिव कृष्ण लामिछानेले विदेशमा रहेका सबै नेपाली एक भएर संगठित हुनुपर्ने बताएका थिए । जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङले महाधिबेशन सफलताको शुभकामना दिदैं समाजसँग सदैव सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए । त्यस्तै एनआरएनएका महासचिव बिआर लामाले एनआरएनको सदस्यता लिनका लागि सबैलाई अनुरोध गरेका थिए भने मधेश एसोसिएसन प्रतिनिधि सत्येन्द्र सादाले मधेश र जनजातिको हितमा अहिलेको संविधान नभएको बताउँदै संविधान शंसोधन हुनुपर्ने बताए ।

सोहि अवसरमा शेर्पा संघ अमेरिकाका प्रतिनिधि लाक्पा शेर्पाले पहिचान र समानतका लागि सबै एकभएर अगाडि बढ्नुपर्ने बताएका थिए भने सञ्चारकर्मी शैलेश श्रेष्ठले एनआरएनए चुनावमा घोटाला भएर चुनाव सहि ढंगबाट हुन नसकेमा फेसबुक लाइभमार्फत् आफूले लिएको जिम्मेवारीबाट बाहिर आउने बताएका थिए । त्यस्तै समाजकी सल्लाहकार एवं निर्वाचन आयोगकी अध्यक्ष पूर्व डिआइजी पार्वती थापाले नेपाली संघीय समाज अमेरिकाले सबैको हितमा काम गर्नुपर्ने बताएकी थिइन् ।

त्यस्तै नेपाली संघीय समाज अमेरिकाका केन्द्रीय प्रतिनिधि प्रेम कुलुङ राईले सहमतिको नेतृत्व चयन गर्न विशेष पहल गरेका थिए । दोश्रो चरणको कार्यक्रममा पुर्व डिआइजी पार्वती थापा मगरको नेतृत्वमा श्रीमती लिला सिंह लिम्बु र समाजका सल्लाहकार सन्जोग लामा रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन हुने सम्भावना अत्यन्त कम रहेको अवस्थामा अन्तिममा सहमतिको आधारमा पुन : समिर महर्जनको नेृतत्वमा समाजको नयाँ कार्यसमिति गठन गरिएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा लिला राई, उपाध्यक्षद्धयमा ओमराज सम्बाहाम्फे र आङछिरीङ शेर्पा, महासचिवमा लोक चेम्जोङ लिम्बु, सचिवमा मनु लोहररुङ, कोषाध्यक्षमा निला जवेगु तथा सदस्यहरुमामदन कुमार राई, अनिल लिम्बु, विमल चेम्जोङ, गजेन्द्र सुब्बा, जंबु लामा, देव बहादुर पुन, कुवेर वनेम, काजी शेर्पा, हरी प्रसाद जवेगु, केशर बहादुर लिम्बु,सुवर्ण शाक्य, सेहांग नेम्बाङ र सुरेन्द्र ठाकुर रहेका छन् ।

 

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com