कञ्चनपुरमा अनिश्चितकालिन बन्द


प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार

कञ्चनपुरमा युवा नेताहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राख्दै उनीहरुले मंगलबारदेखि अनिश्चितकालिन बन्द गरेका हुन् ।अवैध लिज विरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्।

बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प छ। संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ। सदरमुकामदेखि छुट्ने सवारी साधन ठप्प भएका छन्। भने स्कुल, कजेललगायत सरकारी कार्यालय समेत बन्द भएका छन्।

आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन्। सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्। आन्दोलनकारीले सवारी साधनका साँचो थुतेर रोकेका छन्। स्थानीय प्रशासनले सदरमुकाम क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, कानुनी प्रक्रिया नपुर्‍याइ आफूखुसी जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा सार्वजनिक जमिनमा भैरहेको अतिक्रमण रोक्नुपर्ने आन्दोलनरत युवा विद्यार्थीको माग छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com