नेपालले यूएईलाइ हराउदै गर्यो पहिलो एकदिबसिय सीरिज कब्जा
प्रकाशित मिति : माघ १४, २०७५ सोमबार
पारस खड्काको एतिहासिक शतकको संगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । नेपाललाई जितका लागि २५५ रनको लक्ष्य दिएको यूएईको ४४ ओभर ४ बल सकिँदा नेपालले ६ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्न सफल भयो ।गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

आजको खेलमा कप्तान पारस खडकाले एतिहासिक शतक बनाएका छन्। यो अन्तर्राष्ट्रियएकदिबसिय म्याचमा शतक हान्ने पहिलो नेपालि खेलाडि भएका छन्। पारसले १०९ बलमा ११५ रनको ऐतिहासिक इनिंग खेले । कप्तान खड्का १०९ बलमा ११५ रनको उत्कृष्ट इनिंग खेल्दै आउट भए । उनले आफ्नो यो ऐतिहासिक इनिंगमा १५ चौका र १ छक्का प्रहार गरेका थिए । उनी आउट भए पनि नेपालको जितको आधार भने तयार पारे ।
आज युएइले दिएको २५५ रनको लक्ष पछ्याउने कर्ममा नेपालका लागि भने ओपनर बिनोद भण्डारीले १७ बलमा ९ रन जोडेर मोहम्मेद नाविदको चौँथो ओभरको तेस्रो बलमा आउट भए । अर्का ओपनर ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१ रन बनाए । उनलाई इमरान हैदरले चौधौँ विकेटको चौँथो बलमा आउट गराए ।
खेलमा दिपेन्द्र सिंह ऐरीले १५ बलमा ६ रन, सन्दीप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २५ बलमा १६ रन, सोम्पालले २५ बलमा २६ रन र आरिफ शेखले २४ बलमा २१ रनको योदान दिए । खेलमा शतक बनाएका कप्तान पारस खड्का म्यान अफ दी म्याच भए ।






