२० लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारी भैरहेको छ: मन्त्री अधिकारी


प्रकाशित मिति : माघ ९, २०७५ बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुन्छ ।’

मन्त्री अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने बताउँदै यसै वर्षदेखि मुलुकका नौ वटा विमानस्थलमा रात्रि उडान गर्ने जानकारी दिए ।

बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने बताउँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई देशको सरकारी जीटुजी प्रक्रियामार्फत अघि बढाउने र कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको धारणा व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्री अधिकारीले रात्रि र बाह्य मुलुकसम्म उडान गर्नका लागि स्तरोन्नति भइरहेको झापाको चन्द्रगढी विमानस्थल तथा किचकबधलगायत चार वटा पर्यटकीयस्थलको निरीक्षणसमेत गरेका थिए। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com