अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी दिने कमलाको औपचारिक घोषणा


प्रकाशित मिति : माघ ७, २०७५ सोमबार

कमला ह्यारिसले पनि आगामी अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । सोमबार उनले राष्ट्रपतिमा चुनाव लड्ने औपचारिक घोषणा गरेका हुन् । यसअगाडि डेमोक्रेटिक पार्टीका तर्फबाट क्रिस्टेन जिलीब्राण्ड र तुल्सी गब्बार्डले पनि अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

क्यालिफोर्नियाकी चर्चित एटर्नी जनरल कमला ह्यारिसले डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् ।

क्यालिफोर्नियाको एटर्नी जनरलका रुपमा कमलाले ६ बर्ष बिताएकी थिइन् । सन् २०१० मा क्यालिफोर्नियाको एटर्नी जनरलको दौड जित्नु अगाडि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् ।

क्रिमिनल जस्टिस रिफर्म रेकर्डकी अभियन्ता कमलाले बैबाहिक समानताको लडाईमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् । सन् १९९२ मा चुनाव जितेकी सिनेटर क्यारल ब्राउन पहिलो अश्वेत महिला सिनेटर हुन् ।

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् । कमलाकी आमा श्यामला गोपालन चर्चित स्तन क्यान्सर विशेषज्ञ हुन् । त्यसपछि उनले अमेरिकी अश्वेत जमैकन अमेरिकन डोनाल्ड ह्यारिससँग विवाहगरेपछि कमला जन्मिएकी थिइन् । यसर्थ कमला अहिले अफ्रिकन अमेरिकन र इन्डियन अमेरिकनका रुपमा चर्चित छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com