समायोजनको असर एसईई परीक्षाको तयारीमा, परीक्षा बोर्ड नै दोधारमा !


प्रकाशित मिति : माघ ६, २०७५ आईतबार

कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसइइ परीक्षामा पर्ने देखिएको छ । सामायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो ।

समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुनसकेको छैन । अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्नुपर्ने आवाज उठाएको छ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाइएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ ।

‘एकातिर कर्मचारीको लफडा भइरहेको र अर्कोतिर एसईई परीक्षा सम्पन्न गर्न समस्या परिरहेको अवस्थामा मन्त्रालयले नै कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्थामा त्यसतर्फ ध्यानाकर्षण गराउन पत्राचार गरेका हौँ’ –उहाँले भन्नुभयो ।

बोर्डले गत पुस २९ गते पठाएको पत्रमा खारेज भएको निकायमा कर्मचारी नखटाउन आग्रह गर्दै करिब साढे ४ लाख विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन गर्न गम्भीर समस्या पर्ने भएकाले पनिकामा कार्यरत कर्मचारीलाई तत्काल सरुवा नगर्न भनिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त पत्रमा सहमति नलिइ मनपरी रुपमा कर्मचारीलाई एसइइ परीक्षा कार्यालयमा काजमा सरुवा गरिएकोमा आपत्ति जनाइएको छ ।

शिक्षा ऐनले खारेज गरिसकेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा मन्त्रालयले छुट्टै परीक्षा नियन्त्रक पठाएको छ । हाल बोर्डअन्तर्गत दुई जना परीक्षा नियन्त्रक कार्यरत छन । पनिकामा हाल ४० जना कर्मचारी कार्यरत छन् । बोर्डको मातहतमा आइसकेको पनिकाका कर्मचारीलाई बोर्डकै मातहता ल्याउन आग्रह गरिएको अध्यक्ष प्राडा पौडेलले बताउनुभयो ।

यस्तै पनिकामा काज आएका सबै कर्मचारीलाई बोर्डमा हाजिर गराउन समेत आग्रह गरिएको छ ।

समायोजनको आवेदन खुलेपछि एसइइ कार्यालयका अधिकांस कर्मचारीले आवेदन दिएका छन् । समायोजनको कारण शिक्षा मन्त्रालयअन्तर्गतका ७७ वटै जिल्लामा रहेको शिक्षा तथा विकास समन्वय इकाइले एसइइको काम गर्न छाडिसकेको बताइन्छ । साढे ४ लाख विद्यार्थीको भविष्यसंग जोडिएको एसइइको काम नगरी समायोजनमै ध्यान पुगेपछि परीक्षाका अधिकांस काम प्रायः ठप्प भएको छ ।

स्मरणीय छ, यो वर्षको एसईई परीक्षा चैत १० गते आइतबारदेखि सञ्चालन हुँदै छ । तर शिक्षा समन्वय इकाइका कर्मचारीले कुन केन्द्रमा कति विद्यार्थी सहभागी हुन्छन्, कहाँ कति प्रश्नपत्र पठाउने हो भन्ने लगायतका तथ्याङक अहिलेसम्म उपलब्ध गराएको छैन ।

पनिकाले यो वर्ष प्रदेश स्तरबाटै परीक्षा संचालन गर्ने योजना बनाएको छ । तर परीक्षार्थीको एकिन तथ्यांक नभएसम्म कति प्रश्नपत्र छपाउने भन्नेमा बोर्ड नै दोधारमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com