ऐतिहासिक दस्तावेजमा विहिबार हस्ताक्षर, न्युयोर्कलाई पृष्ठभूमीमा राखेर नेपालको झण्डा फहराइने


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच जनवरी २४ तारिख बिहान साढे १० बजे सिस्टर सिटी बनाउने ऐतिहासिक हस्ताक्षर समारोहको आयोजना हुने भएको छ । हस्ताक्षर पछि केहीदिनमा नै न्युजर्सीको एक्सचेन्ज प्लेसमा छुट्टै समारोहको आयोजना गरी नेपालको झण्डा समेत फहराइनेछ ।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार डाक्टर विष्णुमाया परियारको विशेष पहल र नेतृत्वमा यो ऐतिहासिक कार्यले सफलता पाएको हो । यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो ।

ईन्द्रावती गाउँपालिका प्रमुख पूर्व अमेरिकी नेपाली एनआरएन बंशलाल तामांग हुन्। उनी ग्रिन कार्ड त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। सामाजिक अभियन्ता डा। परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्श पछि ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अघि, जर्सी सिटी शहर अमेरिकामा रहेका नेपालीहरुको लागि सन् २०१५ र २०१८ मा टिपिएस काउन्सिल रिजोलुसन पारित गर्ने एक मात्र अमेरिकी शहर हो । त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने एतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो । सिटी हल भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो । नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी मेयर फुलपकि सल्लाहकार डा। बिश्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com