खसोखास निर्मित गीतले जित्यो कान्तिपुर नेशनल म्युजिक अवार्ड, गायक निशान र शीतल उत्कृष्ट


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

खसोखासले निर्माण गरेको राष्ट्रिय गीतले रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डमा उत्कृष्ट राष्ट्रगीतको अवार्ड जितेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व तिम्रो रस्तीबस्ती बोलको उक्त गीतलाई उत्कृष्ट राष्ट्रगीतको अवार्ड प्रदान गरिएको हो ।

गीतका गायक शीतल पाण्डे र निशान भट्टराई हुन् । विभिन्न आधुनिक तथा तीज गीतहरुमा स्वर दिइसकेकी शीतल पाण्डेले कार्यक्रममा अवार्ड थापेकी थिइन् ।

दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् भने मास्टरिङ किशोर थापाले गरेका हुन् ।

गीतका रेकर्डिस्टहरु साजन शाह र राजेश श्रेष्ठले गरेका हुन् भने गीतको रेकर्ड काठमाडौंको पुतलीसडकमा रहेको ए वान म्युजिसिएनमा भएको हो ।

वाद्यवाधनमा ढोलक, तबला र मादलमा कुमार महाराज, बासुरीमा गोपालदेव घतानी, रिदम गितारमा संजिव बराईली, बेस गितारमा अनुप दास, सारंगीमा धर्म गन्धर्वले साथ दिएका छन् ।गीतको क्रियटिभ पार्टनर आईलाइन क्रियसन रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com