अमेरिकी सरकार शटडाउन जारी रहँदा सान एन्जेलोमा ५ नेपालीलाई नागरिकता
प्रकाशित मिति : माघ २, २०७५ बुधबार
अमेरिकी सरकार शटडाउन जारी रहेकै बखत टेक्सासको सान एन्जेलोमा ५ जना नेपालीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको छ । बुधबार ओसी फिसर फेडरल कोर्टहाउसमा आयोजित एक समारोहमा उनीहरुलाई सपथग्रहण गराइएको हो ।
सरकार शटडाउन जारी रहेपनि अमेरिकी नागरिकताका सपथग्रहण समारोहहरु भने कायमै छन् । समारोहमा पाँचजना नेपालीसँगै २ जना भारतीहरुले भने नागरिकता प्राप्त गरेका छन् । उक्त दिन नागरिकता प्राप्त गर्नेहरु २१ देखि ७० बर्ष उमेर समुहका रहेका छन् । ९ देशका ३१ आप्रवासीहरुले नागरिकता प्राप्त गरेका हुन् ।
डिसेम्बर २२ देखि अमेरिकी सरकार शटडाउन भएपनि टेक्सासको सान एन्जेलोमा रहेको डिस्ट्रिक्ट कोर्ट भने खुल्ला रहेको छ । त्यहाँ कार्यरत संघीय कर्मचारीहरुले तलब पनि पाइरहेको जनाइएको छ ।






