अमेरिकी सरकार शटडाउन जारी रहँदा सान एन्जेलोमा ५ नेपालीलाई नागरिकता


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

अमेरिकी सरकार शटडाउन जारी रहेकै बखत टेक्सासको सान एन्जेलोमा ५ जना नेपालीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको छ । बुधबार ओसी फिसर फेडरल कोर्टहाउसमा आयोजित एक समारोहमा उनीहरुलाई सपथग्रहण गराइएको हो ।

सरकार शटडाउन जारी रहेपनि अमेरिकी नागरिकताका सपथग्रहण समारोहहरु भने कायमै छन् । समारोहमा पाँचजना नेपालीसँगै २ जना भारतीहरुले भने नागरिकता प्राप्त गरेका छन् । उक्त दिन नागरिकता प्राप्त गर्नेहरु २१ देखि ७० बर्ष उमेर समुहका रहेका छन् । ९ देशका ३१ आप्रवासीहरुले नागरिकता प्राप्त गरेका हुन् ।

डिसेम्बर २२ देखि अमेरिकी सरकार शटडाउन भएपनि टेक्सासको सान एन्जेलोमा रहेको डिस्ट्रिक्ट कोर्ट भने खुल्ला रहेको छ । त्यहाँ कार्यरत संघीय कर्मचारीहरुले तलब पनि पाइरहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com