न्यूयोर्कमा नेपालीले यसरी मनाए क्रिसमस


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

– आनन्द लिम्बु 

ईसाई धर्मालम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा न्यूयोर्कमा रहेका नेपाली क्रिश्चियनहरूले यसवर्षको क्रिसमस पर्व भब्यताकासाथ मनाएका छन् । न्यूयोर्क इसाई संगति, हिमालयन क्यालवरी ए.जी. चर्च र न्यूयोर्क प्रेसबाइटेरियन नेपाली संगतिको संयुक्त आयोजनामा उडसाईडस्थित इम्यानुअल चर्चमा करिव ३०० सय जनाले हर्सोल्सासकासाथ प्रभु येशूको आराधना एवं सांगितिक कार्यक्रम गरी क्रिसमस पर्व मनाएका हुन् ।

उपस्थित पाहुनाहरूकाबीच एकआपसमा क्रिसमसको शुभ–कामना आदान–प्रदान गरी शुरू भएको उक्त कार्यक्रममा सञ्चालक संजय पाख्रिनले पाहुनाहरूको स्वागत गरेका थिए । त्यसपछि न्यूयोर्क प्रेसबाईटेरियन नेपाली संगतीका पाष्टर डानियल बस्नेतले येशूको प्रार्थनाद्वारा सबैलाई आशिर्वाद दिएका थिए । त्यसपछि सांगितिक टोलीका अगुवा अमृत गुरूङको टोलीले येशूको महिमा झल्किने विभिन्न भजन र गीत प्रस्तुत गरी कार्यक्रमलाई झनै रोचक बनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि जीवन नगरकोटीले बाईबलको इशाह र म्याथ्युको अध्यायको बचनको पाठ पढेर सुनाएका थिए । त्यसपछि न्यूयोर्क प्रेसबाईटेरियन नेपाली संगतिको टोलीले प्रभ येशूको महिमा झल्किने नाटक प्रस्तुत गरेको थियो । त्यस लगत्तै ईभान सादाले प्रेमको गीत गाउनु भएको थियो । त्यसपछि हिमालयन क्यालवरी चर्चका पाष्टर रमेश महर्जनले क्रिसमसको महत्वकोबारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा इम्यानुअल चर्चका पाष्टर इडेन्स केब्रेउले आशिषको प्रार्थना गर्दै नेपाली संगतिद्वारा आयोजित यो क्रिसमस कार्यक्रमले सबैमा सुख र शान्ति ल्याओस भनि कामना गर्नुभएको थियो । सो कार्यक्रमलाई सफल बनाउन मनोजकुमार मास्के, शशी बस्नेत, जयराज खड्का, संगिता ढुंगाना, कृष्ण लिगल, चन्दिप नापित, जयबहादुर गुरूङ, अनिता नापित, अमृत गुरूङ, मोहनकृष्ण श्रेष्ठ, डानियल खड्का, अर्चना मल्ल, सुनिल सापकोटा, सत्यदीप घोताने, श्रृष्टि महर्जन आदिले सहयोग पु¥याउनु भएको थियो ।

क्रिसमस पर्व प्रभु येशूको जन्म भएको दिनको सम्झनामा मनाईने पर्व हो । संसारभरका ईसाई धर्मालम्बीहरूले यस दिनलाई महान पर्व क्रिसमसको रूपमा मनाउँदै आएका छन् । ईसाई धर्मग्रन्थ बाइबलकाअनुसार इजरायलको बेथलेहम शहरको एउटा गाईगोठमा प्रभु येशू अर्थात जिसस क्राईष्टको जन्म भएको कुरा उल्लेख छ । ईसाईहरू करिव दुई हजार बर्षअघि येशूले नै यो संसारको सृष्टि गरेको र येशूले नै संसारबाट मुक्ति दिलाउने कुरामा बिश्वास राख्दछन् ।

नेपालमा क्रिसमस पर्वको अवसरमा अन्य सम्प्रदायका मानिसहरूले पनि क्रिसमस पर्व मनाउने र शुभकामना आदान–प्रदान गर्ने गरेको पाईन्छ । वि.सं. २०६३ मा तत्कालीन ब्यवस्थापिका संसदको बैठकले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि यो पर्वलाई पनि नेपालमा राष्ट्रिय पर्वको रूपमा मान्यता दिईएको हो । त्यसै वर्षदेखि नेपाल सरकारले क्रिसमसको दिनमा सार्वजनिक विदा दिंदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com