निर्मम हत्या गरेर भागेको अपराधी लाई गोलि हानेर पक्राउ


प्रकाशित मिति : माघ २, २०७५ बुधबार

बर्दियामा प्रहरीले हत्या आरोपीलाई पक्राउ गर्दा गोली चलाएको छ । हत्या आरोपी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । बाँकेको कोहलपुरमा एक युवालाई घाँटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले बर्दियावाट एक जनालाई पक्राउ गरेको हो ।

बाँके राप्ती सोनारी गाउँपालिका शससेरगञ्जका युवारज गिरीलाई प्रहरीले बर्दियावाट पक्राउ गरेको छ । पक्राउ गर्न गएको प्रहरीलाई नै प्रहार गर्दै भाग्न खोजेका गिरीलाई प्रहरीले खुट्टामा गोली हानेको छ । सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो । उनको कोहलपुरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

प्रहरीमा भर्ना हुन भन्दै सुर्खेतवाट आएका ठकुरीको कोहलपुरमा शव फेला परेको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नं। ११ स्थित नयाँ बसपार्क नजिकै उनको शव विभत्स अवस्थामा फेला परेको थियो । अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका ३ वाट गिरीलाई पक्राउ गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com