सामाजिक अगुवा भन्छन् – ‘समाचार आएन’, संचारकर्मी भन्छन् – ‘संचारगृहलाई सहयोग गरेको खै ?’


प्रकाशित मिति : पुस ३०, २०७५ सोमबार

आइतवार न्यूयोर्कमा जम्मा भएका पत्रकार, संचारकर्मी र समुदायका अगुवाहरुका बिच सार्वजनिक छलफल भयो । हाल सम्म संचारजगतले खेलेको भुमिका र समुदायमा रहेका गुनासा सुन्न नेपाल अमरिका पत्रकार संघ नेजाले यस्तो कार्यक्रमको आयोजना गरेको थियो ।संचार समुदाय अन्तर सम्वाद नाम दिइएको यस्तो कार्यक्रममा समाजका अगुवा र पत्रकार तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समुदायले संचार क्षेत्रबाट गरेको अपेक्षा र संचारकर्मीले समुदायबाट गरेको अपेक्षाका बारेमा खुलेरै छलफल समेत भएको छ । समुदायको हितमा काम गरिरहेका प्रतिनिधि पात्रहरुले संचार क्षेत्रबाट अपेक्षित समाचार तथा अन्य बिषयहरु समावेश हुन नसकेको र केही पत्रकारहरुका कमिकम्जोरीका बारेमा गुनासो गरे भने पत्रकार तथा संचारकर्मीले समुदायको नेतृत्व गरिरहेका नेता तथा समुदायबाट संचारजगतले गरेको अपेक्षा, हाल सम्म भईरहेका गतिविधिका बारेमा प्रष्ट्याएका थिए ।

नेजाका अध्यक्ष सुदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने समाजका अगुवा तथा अन्य सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितहरुबाट उठेका प्रश्नहरुको नेजाका पूर्व महासचिव तोया दाहाल र वरिष्ठ पत्रकार राजेश मिश्रले जवाफ दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, नेजाका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, पूर्व अध्यक्ष गौतम दाहाल, संचारकर्मी तथा एनआरएन अभियान्ता शैलेष श्रेष्ठ, महावाणिज्य दुतावास न्यूयोर्कका वाणिज्य दुत कृशु क्षेत्री, नेपाल सरकारका अवैतनिक महावाणिज्य दुत ऋषि ढकाल, कानुन व्यवसायी खगेन्द्र क्षेत्री, बासु फुलारा, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द विष्ट, पूर्व संयोजक विष्णु सुवेदी, महासमिति सदस्य प्रमोद सिटौला, एनआरएन अभियान्ता डा. तारा निरौला, एनआरएनए अमेरिकाका महासचिव बिआर लामा, एनआरएनए अमेरिका बोर्ड सदस्य सञ्जय थापा, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, फिप्नाका निर्वतमान अध्यक्ष लुईसाङ वाइबा, जनसम्पर्क समिति नेता रोशन ढुङगाना लगायतले संचार र समुदायका बारेमा बोलेका थिए ।

नेजाका अध्यक्ष पन्तले सार्वजनिक छलफलले नेजालाई थप उत्साहित बनाएको भन्दै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले संचारकर्मीहरुको क्षमता अभिवृद्धि र यस क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि समेत नेताले भुमिका खेल्ने जानकारी दिएका छन् । नेजाका महासचिव किरण मरहठ्ठाले संचालन गरेको कार्यक्रममा पत्रकार मच्छे गुरुङ, कल्पना घिमिरे लगायत स्थानिय संचारकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो, उनिहरु समेत छलफलमा सहभागि भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com