रामप्रसाद खनालको गीतमा छोरी सुस्मा खनालको चार स्वरुप
चर्चित नेपाली लोक तथा दोहोरी गायक रामप्रसाद खनालकी सुपुत्री सुस्मा खनालको नयाँ नृत्य सार्वजनिक भएको छ । जसमा उनले गीत रेल पुग्यो बम्बैमा बोलको रामप्रसाद खनालको चर्चित गीतमा चारवटा फरकफरक स्वरुपमा नृत्य प्रस्तुत गरेकी छिन् ।
युट्युबमा चर्चित बन्दै गइरहेकी सुस्मा खनालले यो गीतको ओरिजिनल भिडियोमा पनि नृत्य प्रस्तुत गरेकी थिइन् । नेपाली, हिन्दी, अङ्रेजी र स्पानिस भाषामा गीत गाउने र नृत्य गर्ने सुस्माले हालसम्म सिँगल, डबल, ट्रिपल रोलमा अभिनय गरेकी थिइन । तर अहिले भने एक्लैले आफ्ना बाबु रामप्रसाद खनालको गीतमा चार वटा स्वरुपमा नृत्य प्रस्तुत गरेकी छिन् ।
हाल सम्म लोक गीत, दोहोरी गीत, राष्ट्रिय गीत, आधुनिक एबम फिल्मी गीतमा नाच प्रस्तुत गरेकी सुस्मा खनाल ९ बर्षको सानै उमेरमा अमेरिका आएकी थिइन् ।





