अमेरिकी अध्यागमनले वालविवाह गर्नेका साढे ८ हजार ग्रिनकार्ड स्वीकृत गरेको खुलासा


प्रकाशित मिति : पुस २९, २०७५ आईतबार

अमेरिकी अध्यागमनले बालविवाह गर्नेका साढे ८ हजार ग्रिनकार्ड स्वीकृत गरेको अमेरिकी सिनेटको समितिको अनुसन्धानबाट खुलासा भएको छ । युएससीआईएसले अमेरिकामा रहेका बालबालिकाका विदेशमा रहेका १८ बर्ष नाघेका श्रीमान्श्रीमति वा अमेरिकामा रहेका १८ बर्ष नाघेका व्यक्तिका विदेशमा रहेका १८ बर्षभन्दा कम उमेरका श्रीमान्श्रीमतिका लागि ग्रिनकार्ड स्वीकृत गरेको हो ।

सन् २००७ देखि सन् २०१७ सम्म अमेरिकामा रहेका १८ बर्ष पुगेका विदेशी मुलका व्यक्तिले आफ्ना १८ बर्षभन्दा कमउमेरका दम्पत्तिका लागि र अमेरिकामा रहेका १८ बर्ष नपुगेकाहरुले विदेशमा रहेका १८ बर्ष नाघेका दम्पत्तिका लागि फाइल गरेका ८ हजार ६ सय ८६ आवेदनहरु युएससीआईएसले स्वीकृत गरेको छ ।

यसरी फाइल गरिएका अधिकांश आवेदनमा बुढा पुरुषहरुले आफ्ना १८ बर्ष ननाघेका श्रीमतिहरुलाई अमेरिका ल्याउनका लागि फाइल गरेका आवेदनहरु रहेका छन् । एकजना ७१ बर्षको पुरुषले ग्वाटेमालाकी १७ बर्ष श्रीमतिका लागि र जमैकाको ४८ बर्षको पुरुषले १४ बर्षकी श्रीमति अमेरिका ल्याउनका लागि आवेदन फाइल गरेको रिपोर्टमा उल्लेख छ ।

१४९ वटा केसहरुमा दम्पत्तिमध्ये एकजना ४० बर्ष कटेका र २८ वटा केसहरुमा ५० बर्ष कटेका पाइएको छ । अमेरिकी सरकारको अध्यागमन कानुन अनुशार युएस चाइल्डले विदेशमा रहेका उमेर पुगेकाहरु मंगेतर वा दम्पत्तिका लागि भिसा आवेदन दिनसक्ने र अमेरिकी जवानले विदेशमा रहेका १८ बर्ष नपुगेका मंगेतर वा दम्पत्तिका लागि भिसा आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपोर्ट अनुशार ११ बर्षमा स्वीकृत भएका आवेदनहरुमा २ वटा आवदेनमा दम्पत्तिमध्येको एकजनाको उमेर १३ बर्षमात्र रहेको छ । त्यस्तै ३८ वटा आवदेदमा दम्पत्तिमध्ये एकजनाको उमेर १४ बर्ष, २६९ आवेदनमा १५ बर्ष, १७६८ आवेदनमा १६ बर्ष र ६६०९ आवेदनमा १७ बर्ष रहेको छ । ९५ प्रतिशत आवेदनमा १८ बर्ष नपुगेकाहरुमा केटीहरु रहेका छन् ।

११ बर्षको अवधिमा बाल मंगेतरका लागि १६०३ आवेदन स्वीकृत भएका थिए भने बालदम्पत्तिका लागि ७०८३ आवेदन स्वीकृत भएका थिए ।

सन् २००७ देखि सन् २०१७ सम्मका बालविवाहका ग्रिनकार्ड आवेदन तथ्यांकमा ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com