साउदी युवतीलाई क्यानडामा शरण


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

इस्लाम धर्म र परिवार छाडेर चर्चामा आएकी साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ। १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकारका साथै महिला अधिकारका लागि सँधै सहयोग गर्न तत्पर रहने प्रतिक्रिया दिए। उनले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई शरण दिन तत्काल स्वीकृति दिएको बताए। १८ वर्षीया अल–कुनन आफ्नो परिवारका साथ कुबेतको यात्रामा थिइन्, जहाँ उनले अस्ट्रेलिया जानका लागि विमान चढेकी थिइन्।

अष्ट्रेलिया पुग्नका लागि बैँकक विमानस्थलमा उनलाई साउदी अधिकारीले रोक लगाएका थिए। त्यहाँबाट उनका परिवारको साथ फिर्ता गर्न खोजिएको थियो। उनी फर्किन चाहिनन् र बैंकककै एक होटलमा कोठा बन्द गरेर बसेकी थिइन्।

त्यहीँबाट उनले ट्वीटरको माध्यमबाट आफ्नो सबै कहानी सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै अन्तर्राष्ट्रिय रूपमा सञ्चारमाध्यमको ध्यान उनीप्रति खिचिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि चर्चामा आएकी उनलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको थियो। संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले क्यानडाले गरेको फैसलाको स्वागत गरेको बीबीसीले जनाएको छ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com