मासु किन्दै हुनुहुन्छ ? ख्यास गर्नुस् है, यी हुन फोहोरी पसल !


प्रकाशित मिति : पुस २८, २०७५ शनिबार

जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ ।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सेन्टरले पालना नगरेको पाइएपछि उक्त पसलको तराजु नियन्त्रणमा लिएर तीन दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ ।

त्यस्तै इतुसा मिट शप, इन्द्रायणी मिट शप, जयकाली मिट शप, कालिका कोल्डस्टोर, सञ्जीव मिट शप, बालाखु गणेश कोल्डस्टोर, एभरेष्ट चिकेन स्टोर, रामेछाप कोल्डस्टोर पसल तीन दिनभित्र दर्ता गर्न, नवीकरण नभएकालाई नवीकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु धुलो नलाग्ने गरी जालीले छोपेर राख्न, मूल्यसूची राख्न, भुइँ सफा गर्न मिल्ने गरी प्लाष्टर गर्न वा टायल राख्न, मासु काट्ने औजार खिया नलाग्ने गरी सफा राख्न, ढक तराजु नवीकरण गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी उक्त नगरपालिकाले बाराहीस्थान डोकाफल्चादेखि घलातेसम्मका २५ पसलमा अनुगमन गरिएकामा २३ वटा विना दर्ता सञ्चालन भएको पाइएको अनुगमन समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com