अमेरिकी सिनेटरको उपस्थीतिमा बासुरी र बिनायोसँगै घन्कियो साकेला, कौडा


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

– सुरेश चाम्लिङ

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझ र उधौली चाड सम्पन्न भएको छ । नेपाली र अमेरिकाको रास्ट्रीय गीत संग शुरु भएको कार्यक्रम दुइ चरणमा भएको थियो ।

किरात राइ हरुको उधौली चाड र यलेदोङ्ग वर्ष ५०७८ को उपलक्षमा बिभिन्न व्यक्तित्वहरुले शुभ कामना दिनु भएको थियो भने दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रमले दर्शक हरुलाई भरपुर मनोरंजन दिलाएको थियो । युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाको केन्द्रिय सभापति प्रमुख अतिथि बिष्णु राईले कार्यक्रमको उद्घाटन गर्नु हुदै यो उधौली र यलम्बर साँझ अमेरिकामा पहिलो गरिएको र सस्थाले आगामी वर्षहरुमा यसलाई निरन्तरता दिने र आगामी हुने यलम्बर उधौली साँझ २ हुने कुरा बताउनु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले आफ्नो अत्यन्त ब्यस्तताको बावजुत पनि संस्थाको निमन्त्रणालाई स्वीकार गरी बिभिन्न संघसंस्थाबाट प्रतिनिधित्व साथै ब्यक्तिगत तवरबाट उपस्थित जनाएर सहयोग गर्नु हुने सबैलाई यलम्बर साँझ र उधौलीको उपलक्षमा आयोजकको तर्फबाट धन्यवाद दिनु भएको थियो ।

उहाले कार्यक्रम उपस्थित भएर तथा शुभकामना शन्देश पठाएर दर्शाउनु भएको न्यानो माया, सद्भभाव र आत्मीयताको लागि न्युहेम्प्शयार राज्यको बिभिन्न पदमा आसिन व्यक्तित्वहरु तथा अन्य नेपाली संघ सस्था र आफ्नो सस्थाको शुभेक्छुकहरु प्रति कृतज्ञता ब्यक्त गर्नु भएको थियो ।

उक्त सभामा बिशेष अतिथि स्थानीय न्युहेम्प्शायर राज्यमा लगातार २० वर्ष देखि सिनेटर रही आउनु भएको टाइगर सिनेटर डिअलेसेन्द्रोले शुभ कामना दिनु भयो तथा उहाको श्रीमतीको समेत उपस्थिति थियो । अर्का सिनेटर आन्नी कुष्टरको शुभकामना संदेश प्रबिना राइले वाचन गर्नु भएको थियो । न्युहेम्प्शायर राज्यको पुर्व गभर्नर तथा यु एस सिनेटर जिन शाहीनको तर्फबाट प्रतिनिधित्व गर्दै आर्य थापा आउनु भएको थियो । उहाले शाहीनको शुभकामना शन्देश वाचन गर्नु भएको थियो ।

स्थानीय स्टेट सिनेटर तथा सिनेट म्याजोरिटि लिडर डान फेल्ट्सको शुभकामना शन्देश अन्तररास्ट्रिय नेपाली साहित्य समाजका कृष्ण गिरीले वाचन गर्नु भएको थियो । स्थानीय स्टेट सिनेटर एण्डक्रिस्टरले पनी शुभ कामना शन्देश पठाउनु भएको थियो । कार्यक्रममा गुरूङ्ग समाज न्यू ह्याम्पसायर, न्यू ह्याम्पसायर नेपाली कम्युनिटी, एनआरएनए न्यू ह्याम्पसायर तथा म्यासेचुसेट् च्याप्टरहरू,अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यू ह्याम्पसायर, तमु समाज अफ बोस्टन, बुद्ध समाज न्यू ह्याम्पसायर, मगर समाज बोस्टन, जि।बी।एन।सी बोस्टन, पशुपति बुद्ध फाउण्डेसन, एभरेष्ट लायन्स् क्लव न्यू ह्याम्पसायर, बोस्टन तमु समाज, थकाली समाज बोस्टन, जात्रा नेपाल बोस्टन, जन सम्पर्क समिती न्यू ह्यम्पसायर, लायन्स् क्लव म्यासेचुसेट्, एनडब्लुजिएनन्यू ईङ्गलैण्ड लगायतका संस्थाहरूका अध्यक्ष, सभापति र अन्य व्यक्तित्व हरुले प्रतिनिधित्व गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कनेक्टिकट ,मेरील्याण्ड, न्यूयोर्क समेतबाट बिभिन्न महानुभाव र कलाकारहरु आउनु भएको थियो । पहिलो चरणको कार्यक्रम संचालन सस्थाका सचिव शेखर राई र प्रबिना राईले गर्नु भएको थियो भने दोश्रो चरणको कार्यक्रमको संयोजन तथा संचालन संस्थाका सल्लाहकार  धौलवीर राईले गर्नु भएको थियो ।

दोश्रो चरणमा म नेपाल कि छोरी भन्ने गीतको नृत्यबाट माया राईले कार्यक्रम शुरु गर्नु भएको थियो । साकेला नृत्य, कौडा नृत्य लगाएत बासुरी धुन बिनायो धुन र गीतहरुले खुबै मनोरंजन दिलाएको थियो । डिजे शुरु भए पछि न्युहेम्प्शायरको डिसेम्बरको जाडोमा पनि सहभागीहरु पसिना पसिना भएर नाची रहेका थिए । उक्त कार्यक्रमको अर्को दिन समीक्षात्मक बैठक तथा अन्य राज्यबाट आउनु भएका सस्थाका वर्तमान तथा पुर्व पदाधिकारीहरुलाई न्यू ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले सम्मान स्वरुप उपहार दिनु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com