अमेरिकी नागरिकता अन्तरवार्तामा बदलिएका चार प्रश्नको जवाफ


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

अमेरिकी नागरिकताको अन्तरवार्तामा चारवटा प्रश्न र तिनका उत्तरहरु बदलिएको युएससीआईएसले जनाएको छ । गत नोभेम्बरमा सम्पन्न चुनावका कारण अमेरिकी नागरिकता अन्तरवार्तामा सोधिने ४ प्रश्नका जवाफहरु बदलिएका हुन् ।

अमेरिकी नागरिकता अन्तरवार्तामा सोध्न सकिने तपाईको राज्यको एकजना सिनेटरको नाम भन्नुहोस् ? भन्ने प्रश्नको जवाफ बदलिएको हुनसक्छ । न्युयोर्कका हालका सिनेटरहरु चक शुमर र क्रिस्टेन गिलिब्राण्ड रहेका छन् । शुमरको पदावधी सन् २०२२ मा सकिदैछ भने क्रिस्टेन गिलिब्राण्डको सन् २०२४ मा ।

आफ्नो राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको नाम थाहा पाउन यहाँ क्लिक गर्नुहोला । अनि वेवसाइटको सुरुमा रहेको फाइण्ड योर सिनेटरमा क्लिक गर्नुहोला ।

त्यस्तै तपाईको डिस्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने अमेरिकाको प्रतिनिधिसभा सदस्यको नाम के हो ? भन्ने प्रश्नको जवाफ पनि बदलिएको हुनसक्छ । त्यसका लागि तपाईले यो वेवसाइटमा गएर आफ्नो क्षेत्रको जीप कोड हाल्नुहोला ।

तपाईको राज्यको गभर्नरको नाम के हो ? भन्ने प्रश्नको जवाफ पनि बदलिएको हुनसक्छ । तपाईले आफ्नो राज्यको गभर्नर थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोला ।

हाउस अफ रिप्रिजेन्टेटिभका स्पीकरको नाम के हो भन्ने प्रश्नको जवाफ पनि विहिबारदेखि बदलिएको छ । अहिले अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा न्यान्सी पेलोसी स्पीकर चुनिएकी छिन् ।

अमेरिकी नागरिकता अन्तरवार्तामा जवाफ बदलिन सक्ने ९ वटा प्रश्नहरु यस्ता रहेका छन् । जसको जवाफ अमेरिकामा हुने चुनावी परिणामसँगै बदलिन सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com