अमेरिकाको क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाउने तयारी


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

आगामी जनवरी १२ मा अमेरिकाको क्यालिफोर्नियामा नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाह को २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एक्ता दिवस मनाउन एक मूल समारोह समिती गठन भएको छ।

प्रिन्स युवराज कार्की उक्त कार्यक्रमको संयोजक रहेको र सो मूल समारोह समितिमा सामाजिक अगुवाहरु अनिल पाण्डे ,उत्तम क़ार्कि,चन्द्र धिताल, यज्ञ प्रसाद नेपाल तथा मणी नेपाली पनेरु रहनु भएको छ।

वीर पुर्खाहरुको सम्मान गरौँ भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रम मदरल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महासंघ, नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन भने उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरु को सहभागीता रहेको छ।

 बिभिन्न कार्यक्रमका साथ मनाइने सो समारोह समितिका संयोजक प्रिन्स युवराज कार्किले कार्यक्रम भव्य र सभ्य हुने विश्वास व्यक्त गर्दै सम्पूर्णलाई सकृय सहभागीताको आव्हान गर्नु भयो। धितालले राष्ट्र निर्माता भनेको कुनै बर्ग वा दल बिशेषको पेवा नभई सबैको साझा पिता भएकोले सबैले सम्मान गर्न पर्ने बताउनु भयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजकहरुले कार्यक्रमहरुको तयारी पूरा भईसकेको र सो कार्यक्रमलाई अझ सहभागीता मूलक र प्रतिनिधि मुलक बनाउन गृहकार्य भईरहेको वताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com