न्युयोर्क निवासी कवयित्री शकुन ज्ञवालीले ल्याइन् “भन्दिनु है बा!”


प्रकाशित मिति : पुस १४, २०७५ शनिबार

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बागमती समितिले आयोजना गरेको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर उपाध्यक्ष लोक दोहोरी र तीजगीतको गायिका गीतकार एवम कवयित्री शकुन ज्ञवालीको नविनतम कवितासँग्रह “भन्दिनु है बा!”को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीज्यूले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन सहित कवितासङ्ग्रहको विमोचन गर्नु भएको हो ।

विमोचित कृतिका बारेमा प्रमुख अतिथिज्यू कवि शकुन ज्ञवालीले विदेशमा रहँदाको आफ्नो विवसता र वाध्यताबाट सृजित अनुभव र अनुभूतिलाई कवितामा अभिव्यक्त गर्न सफल हुनुभएको मन्तव्य प्रकट गर्नु भयो । उक्त कवितासङ्ग्रहको भूमिका लेखक एवम साहित्यकार दामोदर पुडासैनी र नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले पुस्तकमाथि टिप्पणी गर्नु भएको थियो ।

त्यसैगरी प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेल र अन्तरराष्ट्र्यि नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले कवि शकुन ज्ञवालीको कवितामाथि टिप्पणी सहित शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । मन्तव्यकै क्रममा अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले नेपालभित्र अनेसासको विभिन्न अञ्चल समितिहरू सक्रीय रहेका र अब निकट भविष्यमा ती अञ्चल समितिहरूलाई सात वटा प्रदेशमा रुपान्तरण गर्ने जानकारी पनि गराउनु हुँदै अनेसासले एउटा प्रकाशनगृहको स्थापना गर्नेतर्फ पनि कार्यभैरहेको जानकारी गराउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी शिक्षा सचिव मोहनकृष्ण सापकोटाले कवि शकुन ज्ञवाली आफ्नै भाई बुहारी भएको जानकारी गराउनुका साथै कवि ज्ञवालीको कवितालेखनको प्रशंसासहित आफ्नो एउटा कविता वाचन गर्नुहुँदै लेखिकालाई शुभकामना र बधाई दिनुभएको थियो । उक्त समारोहमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका आजीवन आजजीवनहरू उषा तिवारी, बुद्धि तिमिल्सिना र ललिता दोषलाई आजीवन सदस्यताको प्रमाण–पत्र वितरण गर्नुका साथै नेपाल प्रज्ञा प्रतिष्ठानका नवनिर्वाचित कुलपति गंगाप्रसाद उप्रेती, सदस्य प्राध्यापक दिनेशराज पन्त, प्राज्ञ डा.उषा ठाकुरलाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रारम्भमा अनेसासकी आजीवन सदस्य कमला रिसालले स्वर्गीय तारादेवीले गाउनु भएको उकाली ओरालीहरूमा… भन्ने बोलको गीत गाउनु भएको थियो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बागमती समितिका उपाध्यक्ष दिव्य गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका सभापति गिरीले कवि शकुन ज्ञवालीले धेरैजसो कवितामा बा, आमा, सान्दिदी, बहिनी, साथी संगिनी, प्रेमी आदिलाई सम्बोधन गरेर आफ्नो जीवनका अनुभवलाई कवितामा व्यक्त गरेको हुनाले यो उनका कविताहरू सम्बोधन कवितासङ्ग्रहको रुपमा आएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कवि शकुन ज्ञवालीको कवितासङग्रहबाट गीता मैनाली र विधान आचार्यले एक एक वटा कविता वाचन गर्नुभएको थियो ।सो विमोचन समारोहमा कवि शकुन ज्ञवालीका भाई कमल ज्ञवाली सहित नेपाल प्रज्ञा प्रतिष्ठानकी भु.पु.सदस्य गीता केशरी, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, सामाखुसी साहित्य समाजका सभापति भाग्यशाली अधिकारी, साहित्यकारहरू पुष्कर लोहनी, सरू सुवेदी, नरेन्द्रराज पौडेल, लव गाउँले, प्रकाश घायल, नाट्यकलाकार हरिबहादुर थापा, नेपाल चलचित्र कलाकार संघका संस्थापक अध्यक्ष रविन्द्र खड्का, चलचित्रकर्मी रमेश के.सी., गायक जुजुकाजी रन्जित लगायत करीव एकसय भन्दा वढी साहित्यकारहरूको भव्य उपस्थिति थियो । कार्यक्रमलाई सुमन वर्षाले संचालन गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com