गीता खत्रीको अध्यक्षतामा अनेसास बोर्ड अफ ट्रस्टी नयाँ कार्यसमिति


प्रकाशित मिति : पुस ७, २०७५ शनिबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को २०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । बिअटीको निवार्चन हरेक चार वर्षमा हुने गदर्छ ।

निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा गीता खत्री, सचिबमा शिव लामीछाने, कोषाध्यक्षमा राम लामा अविनासी र सदस्यमा तीर्थराज अधिकारी तथा पुरस्कार समितिको अध्यक्षमा डा. गोपी उप्रेती निर्विरोध तथा उपाध्यक्ष पदमा पदम विश्वकर्मा ४० मत र पुरु सुवेदी ३२ मत प्राप्त गरि विजयी हुनु भएको छ भने उहांहरुको निकटतम प्रतिव्दन्दी बलराम थापाले २३ मत प्राप्त गर्नु भएको थियो ।

अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमारमा गरी कूल ६१ जना रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो । निर्वाचनका लागि मतदानको समय यही डिसेम्बर १५ देखि १८ सम्म राखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालबाहिरका मुलुकमा छरिएका नेपालीहरुकाबीच नेपाली भाषासाहित्यको विकासविस्तार गरी नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी सीमा भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् ।

अनेसासको इतिहास करीब तीन दशक पुरानो हुनुका साथै अनेकन देशमा धेरैशाखामा विस्तार भइसक्दा पनि केन्द्रीय कार्यालय भवन नभएको अवस्थामा यस कार्यसमितिले अनेसासको केन्द्रीय कार्यालय भवनको व्यवस्था मिलाइ हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने कार्यमा नयां कार्यसमितिको पहिलो प्राथमिकता रहनेछ ।

अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com