न्युयोर्कमा स्रष्टा सम्झना तथा सम्मान साँझ भब्य


प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार

– पुष्कर बराल

नेपाली अमेरिकन कलाकार संघले पहिलोपटक नेपालका महान श्रष्टा तथा सर्जकहरुकोसम्मानका लागि विशेष सांगितिक कार्यक्रम भब्य रुपमा आयोजना गरेको छ ।अमेरीकामै पहिलो पटक न्यूयोर्क स्थित शेर्पा किदुगको हलमा विशेष सांगीतिक सांझ कार्यक्रमको आयोजनागरीएको छ ।

साँगितिक कार्यक्रमा नेपाली स्थानीय कलाकारहरुले पुराना कलाकारहरुको सम्झनामा उनिहरुकैगीत गाएर कार्यक्रम भब्य र सभ्य बनाएका छन् ।

गीत संगीत प्रेमी  जो कोहि नेपालीहरुको मन मुटुमा बस्न सफल उनै हाम्रा पुराना महान श्रष्टा तथा सर्जककोसिर्जनाले आज पनि नेपाली गीत संगीत बजार धनी छ

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्ता स्रटाहरुको गीतहरुलाई  प्रवासी भुमिमा पनियसरी नेपाली समुदायमा आजका कलाकारले गाउने र  उहाहरुको सम्मानमा कार्यक्रम गर्नाले हाम्रा पुर्खाकोदेनलाई ठुलो सम्मान गर्न सकेको  अमेरीकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले बताएका छन् ।

यसपालीको पहिलो भागमा निम्न श्रष्टाका अजम्बरी गीत प्रस्तुत गरीएका छन ।

तथापि अन्य सम्पूर्णश्रष्टाहरुको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर गर्ने कलाकार संघले जनाएको छ ।

सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंकर ,धर्मराज थापा, अम्बर गुरुङ,नातिकाजी, फत्तेमान, नारायण गोपाल,पन्नाकाजी, गोपाल योन्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा,लोक बहादुर क्षेत्री, प्रबिण गुरुङ “कालजयी श्रष्टाहरुको सम्झना तथा सम्मान् बरिष्ठ संगीतकर्मीहरुको प्रत्यक्ष बाध्यबादनमा ऊनै कालजयी गीतहरुको प्रत्यक्ष गायन”  गायक गायीकाहरु सपना श्री, जगदीश समाल, बिमल डाँगी,  रोशन गुरुङ, भगवान भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरीता डाँगी,राजु ढुङ्गेल, रेश्मा सुनार, निसा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपाने,बसन्ती राई, पुजा न्यौपाने, लगायतकाकलाकार हरुबाट प्रस्तुत गरीएको छ ।

नेपाली अमेरीकन कलाकार संघका महासचिव गायक बिमल डाँगीले भनेका छन् ( “नेपाली संगीतको इतिहास ऊहाँहरुबाट शुरुवात भयो र त बर्तमानमा हामी नेपाली संगीतमा रमाईरहेका छौं,ऊहाँहरुलाई स्मरण गर्नु अनि ऊनैसृजनाहरुलाई संगीतपारखीमाझ पुर्याऊनु हाम्रो जिम्मेवारी पनि हो । ऊहाँहरु जस्तै अग्रजहरुले बनाएको बाटोपछ्याईरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोहि गर्नेछन् ।“

कार्यक्रमको समापनमा कलाकार संघले यस्तो एैतिहासिक कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णकलाकार र कला प्रेमीहरुमा बिशेष धन्यबाद दिएको छ ।साथै कलाकार संघले हरेक बर्ष प्रदान गर्दै आएकोलाईफ टाईम अच्युभमेन्ट पुरस्कार यो बर्ष शिशिर श्रेष्ठ र गोमा योन्जनलाई प्रदान गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com