‘तलब माग्दा तातो पन्यूँले कुट्थे’


प्रकाशित मिति : पुस ६, २०७३ बुधबार

 ६ पुस,  काठमाडौं – ‘म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।’ विदेशबाट फर्किएकी एक महिलाले भनिन्, ‘विदेश जानका लागि पुर्‍याउनुपर्ने आवश्यक कानुनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले त्यस्तो धेरै दुःख पाउँदिन थिए होला !’

कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उनको गाउँमा पुगेको टोलीसमक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिएकी हुन् ।

‘सानै छँदा मलाई आफन्तले विदेश पठाउन फकाउन थाले ।’ विगत सम्झँदै उनले भने, ‘पच्चीस हजार रुपैयाँ तिरेर कुँवेत हिँडे । इन्डियाको बाटो भएर जाँदा माइती नेपालले फर्काइ दियो ।’ उनले थपिन्‍, ‘प्रक्रिया नपुर्‍याइ विदेश हिँडेकाले फर्काइएको रहेछ ।’

पैसा कमाउन सकिन्छ भन्ने आशामा आफू पनि अरुको लहैलहैमा विदेश जान तयार भएको राईले बताए । ‘नौ वर्षसम्म कुवेतमा बसेँ तर, पैसा भने दिएनन् ।’ उनले भने, ‘आफूले काम गरेको पैसा माग्दा उल्टै तातो पनिउँले कुट्ने गथ्र्यो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरेलु कामदारका रुपमा कुँवेतमा रहँदा त्यहाँकी साहुनीले पटकपटक यातना दिने गरेको उनले बताइन् । बाटामा भेटिएका मान्छेकै सम्पर्कमा नेपाल नआइकन उताउतै साउदी गएको उनले सुनाइन् । ‘साउदीमा पनि घरभित्रकै काम थियो तर, त्यहाँ त्यति गाह्रो भएन ।’ उनले भनिन्, ‘काम गर्न सबै आउँथ्यो, त्यसैले सजिलै भयो ।’

साउदीमा तीन वर्षसम्म बसेर फेरि पनि विदेश नै जाने सोच राखेर त्यहीँबाट ओमन गएको राईको भनाइ छ । ‘अहिले म ओमनबाट छुट्टीमा आएकी हुँ ।’ उनले भनिन्, ‘मैले धेरै दुःख पाएकाले विदेश जान चाहने महिला साथीलाई विदेश जानुपूर्व सबै कुरा बुझेर मात्र जानु भनेर सुझाव दिइरहेकी छु ।’

घरकी जेठी छोरी भएकाले सबै गर्जो आफैँले टार्नुपर्ने हुँदा बाध्यतावस आफू विदेश गएको राईले बताइन् । घरमा वृद्ध आमाबुबा र छजना भाइबहिनीको हेरचाह आफू एक्लैले धान्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।

जिल्लाका अधिकांश महिला विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको बालसेवा समाज नेपाल, नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीका सामाजिक परिचालक लीला निरौला बताइन् ।

गत साउन १ देखि मङ्सिर १५ गतेसम्म जिल्लाका १२१ जना महिलाले मात्र सूचना केन्द्रमा आएर जानकारी लिएको केन्द्रका परामर्शदाता अम्बिका दाहालले जानकारी दिइन् ।

पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सामीले गन्धर्व गीतियात्रा सञ्चालन गर्दै आएको छ । विदेश जाने महिला तथा पुरुषलाई जानुपूर्व पुर्‍याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा गन्धर्व मार्फत सन्देशमूलक गीत गाएर जानकारी दिने गरिएको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com