एसाइलममा रोक लगाउने ट्रम्पको आदेश कार्यान्वयनमा अपिल कोर्टबाट पनि रोक


प्रकाशित मिति : मंसिर २४, २०७५ सोमबार

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरुलाई अमेरिकामा एसाइलम फाइल गर्न नै नदिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा सान फ्रान्सिकोका न्यायाधिसले रोक लगाएपछि आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनले गरेको अपिल पनि अस्वीकार भएको छ ।

आदेश कार्यान्वयनका लागि ट्रम्प प्रशासनले गरेको अपिल अस्वीकार गर्दै अपिल कोर्टले ट्रम्पको कार्यकारी आदेश बहाल गर्नमा अस्वीकार गरेको हो । ट्रम्पले हालै गरेको एउटा घोषणामा पोर्ट अफ इन्ट्रीमा आएर आत्मसपर्मण गर्नेहरुका मात्र एसाइलम केसहरु अगाडि बढाउने उल्लेख गरिएको थियो ।

नोभेम्बर ९ मा ट्रम्पको यस्तो आदेश आएपछि गत महिना सान फ्रान्सिस्कोका न्यायाधिसले आदेश कार्यान्वयनमा अस्थायी रोक लगाएका थिए । त्यसपछि डिपार्टमेन्ट अफ जस्टिसले उक्त निर्णयको विरोध गर्दै र आदेश कार्यान्वयन फुकुवाको माग गर्दै नाइन्थ सर्किट कोर्टमा अपिल गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर शुक्रबार नाइन्थ सर्किट कोर्टका न्यायाधिसले ट्रम्पको कार्याकारी आदेश कार्यान्वयनमा रोक लगाउने तलको अदालतको आदेशलाई नै सदर गरेका थिए । यसरी सदर गर्ने न्यायाधिस जे बाईबी रिपब्लिकन राष्ट्रपति जर्ज बुसले नियुक्त गरेका न्यायाधिस हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com