ग्लोबल नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरुको सहभागिता हुने


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन लागेको ग्लोबल नेपाली  फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ।नयाँ बर्ष सन् २०१९ को अवसरमा लभ एण्ड सपोर्ट फाउन्डेशनको अयोजना तथा ग्लोबल नेपाली फिल्म एंड म्युजिक एल.एल .सी .को सहकार्यमा “नेपाली चलचित्र, संगीत ,सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामुहिक अभियान ” भन्ने नाराका साथ सम्पन्न हुन लागिरहेको सो समारोह अमेरिकामा यसरी एकै पटक चलचित्र ,संगीत ,संचार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरुका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवत यो प्रथम तथा ऐतिहासिक  हुने आयोजकहरुले  बताएका छन्   ।

आगामी डिसेम्बर २२ शनिबारका दिन नर्थ क्यारोलिनाको सुन्दर रानी शहर सार्लोटमा “ग्लोबल फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ ‘ हुने छ ।   अमेरिकामा छरिएर रहेका नेपाली  तथा नेपालीभाषी कलाकार,श्रस्टा/सर्जक , अभियेंता एवं संचारकर्मीहरुलाई  एकबद्ध गर्दै  सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्य सहित आयोजना हुन लागेको ग्लोबल  नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ मा सहभागी हुन कलाकार/ पत्रकार एवं समाजसेवीहरुले सहभागीता जनाउने  प्रतिबद्ता जनाएपछि उक्त कार्यक्रम ऐतिहासिक हुने सम्भावना देखिएको हो ।

आयोजक संस्था लभ एण्ड सपोर्ट फाउन्डेशनका अध्यक्ष  एवं अवार्ड वितरण समारोहका संयोजक मनोज राई, अन्तरराष्ट्रिय नेपाली पत्रकार संघका महासचिव एवं लभ एण्ड सपोर्ट फाउन्डेशन कार्यक्रम निर्देशक तथा अवार्ड वितरण समारोहका संयोजक  शिव बिष्ट , कलाकार  समन्वय समितिका संयोजक तथा चलचित्र निर्देशक  शंकर घिमिरे तथा कार्यक्रम संचालन समितिका संयोजक तथा संचारकर्मी/कलाकार सरोज के.सी.का  अनुसार यो कार्यक्रममा सहभागी हुन अमेरिकामा मात्र नभई क्यानडा , नेपाल ,सिंगापुर ,हंगकंग  ,बेलायत  लगाएतका देशहरुमा  बसोबास गर्ने  कलाकारहरु, भारत तथा भूटानि मूलका कलाकार ,नेपालका प्रसिद्ध कलाकारहरु तथा संचारकर्मीहरुको उपस्थिती हुनेछ ।हालसम्मको प्रगति बिवरण अनुसार अत्यन्तै उत्साह पूर्णरुपले अघि बढी रहेको सो समारोहमा प्रमुख अतिथिको रुपमा अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कुमार कार्कीको  उपस्थिति रहने जनाइएको छ भने बिशेष अतिथिको रुपमा महावाणिज्यदुत तथा बरिस्ट लोक गाएक प्रेमराजा महत र महावाणिज्यदुत ऋषि प्रसाद ढकाललाई निम्त्याइएको छ ।

चर्चित संचारकर्मी तथा कलाकार सरोज केसी र  नायिका तथा संचारकर्मी ऋचा घिमिरे को प्रमुख  सञ्चालनमा  सम्पन्न हुने सो समारोहमा चर्चित संचारकर्मी जयप्रकाश रिजाल , युवा संचारकर्मी देव भण्डारी लगायतका करिब एक दर्जन उद्घोषक /उद्घोषिकाहरुले कार्यक्रमलाई  आकर्षक ढंगले संचालन गर्ने छन् । सोसमारोहमा बिशेष अतिथिको रुपमा आवाजका दुनियाका साथी , चर्चित संचारकर्मी एवं चलचित्र निर्देशक दिनेश डि.सी., मेलोडी किङ्ग गाएक यम बराल  सहितको कलाकारको समुह नेपालबाट आउने पक्का भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै गरि सो अवार्डमा सहभागी हुन चलचित्र निर्देशकहरु बन्नी प्रधान , नारायण पुरी , महेन्द्र बुढाथोकी ,दिनेश कार्की ,इश्वर थापा ,पुस्कर भट्ट,बाबुराम ढकाल ,कृष्ण मुरारी ढुंगेल,  प्रशन्न पौडेल ,गोपाल चन्द्र लामिछाने ,सुमन दाहाल तथा कृष्ण राज काफ्ले सहित गीतकारहरु रोशन पाल्पाली र भूपेन्द्र न्यौपाने लगाएत नेपाली चलचित्रका नायकहरु गणेश उप्रेती, निरज बराल, बिक्रान्त बस्नेत, मुकेश ढकाल, बाबु बोगटी ,मुकेश आचार्य, सुधाँशु जोशी, किरण प्रताप केसी, दीपक त्रिपाठी   सहित चर्चित नायिकाहरु सारंगा श्रेष्ठ, पूजा चन्द, उषा पौडेल, रञ्जना शर्मा सहित नृत्यङ्गना पार्वति राई समेतको आगमन निश्चित भएको छ । यसैगरी  नेपाली गीत संगीतको  तर्फबाट   चर्चित  लोकदोहोरि गायक राम प्रसाद खनाल , चर्चित हाँस्य प्यारोडी  गायक  रतन सुवेदी ,हाँस्य कलाकार नारायण त्रिपाठी,र गायकहरु   बशन्त खड्का ,कन्हैया सिंह परिवार , बिरही कार्की, भगवान भण्डारी,पासाङ शेर्पा, राजु लामा, लक्ष्मण पौडेल, प्रदिप घिमिरे ,प्रणय राणा ज. ब.रा. र चर्चित गायीकाहरु सपना श्री र अञ्जना गुरुङ,  निशा सुनारले सहभागीता संगै प्रस्तुती दिनेछन् ।

हाल सम्म अमेरिकामा आयोजित अन्य कार्यक्रमहरु भन्दा केही पृथक र ठूलो सोचका साथ हुन लागेको यस कार्यक्रममा पर्यटनदुत  तथा  समाजसेवी राजा घले,  डा. राम चन्द्र बराल ,युवा राजनीतिज्ञ प्रदिप ढकाल , साहित्यकार ज्ञानेन्द्र गदाल , समाजसेवी प्रभु थापा  तथा कलाकार समेत रहेका चर्चित समाजसेवी ध्रुव वन्त, अनु वन्त श्रेष्ठ, चर्चित खेलाडी उज्ज्वल ठकुरी र  मोहन थापाले आफ्नो उपस्थिती देखाउँने निश्चत भएको छ । साथै संचारकर्मीहरु गुणराज लुइँटेल , किरण मरहट्टा , होम प्रसाद लम्साल ,बिजय थापा , सुर्य थापा , बिस्वराज थापा , सुनिल मणि दाहाल , खेम भट्टचन , भरत बराइली, परशुराम भण्डारी लगाएत दर्जनौ पत्रकारहरु आउने जानकारी प्राप्त भएको छ।

यसै गरि भुटानीमूलका नेपाली कलाकारहरुमा  भुटानी प्रथम नेपाली गाएक प्रताप सुब्बा ,किरण बिश्व ( अस्ट्रेलिया ),डम्मर खापुंग ,अमर तुम्बापोसुब्बा ,अर्जुन रसाइली ,महेश थुलुङ्ग ,ढकाल ब्रदर , यन .के .ब्रदर , किरण गजमेर ,कान्छीमाया सुब्बा ,सुचिता गुरुङ ,यन .बि . जे .के ,जगत जे .के , भुवन , भानु , निश्चल शर्मा ,अनिश थापा , बिकाश थुलुङ्ग ,सन्तोष रामधाम,खेम रिजाल ,दिपक बिस्व ,दिपक दशमी ,प्रकाश दर्नाल ,सुबाश तामांग नाइस,कर्ण बिर ,केदार उप्रेती ,रबि रिमाल ,आरबि खड्का ,प्रकाश घिमिरे ,गोपी दाहाल ,बिनोद गुरुङ , क्रिस रिजाल लगायतको कलाकारको सहभागिता  हुनेछ ।

ठुलो  बजेटमा हुन लागेको यो कार्यक्रममा फिल्म, म्यूजिक, मिडिया र सोसल विधामामा ख्याति कमाएका चार व्यक्तित्वलाई जीवनकाल उपलब्धि (लाईफ टाईम अचिभमेन्ट)पुरस्कारबाट सम्मानित पनि गरिदैछ । स्मरणरहोस  सो समारोह सम्पन्न गर्नका लागि १७ सदस्सीय मुल समारोह समिति गठन गरिएको छ , मनोज राई र शिव बिष्ट संयोजक रहेको सो समितिमा शंकर घिमिरे , सरोज के.सी., प्रशिम पौडेल , बिनय अर्याल , भरत बराइली , सुनिल प्रधान  , खर्क बस्नेत ,उषा बस्नेत दुलाल ,संजिव दुलाल,  केदार उप्रेती ,हरि उप्रेती  ,एलिशा श्रेष्ठ ,दुर्गा चौलागाई ,नबिन गिरि र आइतराज खालिंग  रहनु भएको छ भने  सल्लाहकार समितिमा नासाका सभापति माधब ढकाल , डा. राम चन्द्र बराल , पर्यटनदुत राजा घले , साहित्यकार ज्ञानेन्द्र गदाल , बरिस्ट लोक गाएक तथा संचारकर्मी राम प्रसाद खनाल ,  चलचित्र निर्देशक नारायण पुरी ,गाएक बशन्त खड्का , समाजसेवी  तथा व्यवसायी सी. के .पराजुली गाएक तथा समाजसेवी रोशन श्रेष्ठ , समाज सेवी हस्त प्रधान, डा. नरेश लावती , डि .जे .खालिंग , दिलिप दाहाल ,जिदान राई , प्रकाश अधिकारी गोर्खाली  , टिका आचार्य ,जय सुबेदी , हरि अधिकारी बंगले ,  बि .यम . खालिंग , राम  गुरुङ र अदम गुरुङ रहनु भएको छ। साथै समारोहलाई भब्य संग सम्पन्न गर्न स्वागत समिति र व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com