आईजीपीकै अगाडि प्रदीप रावलको बयान- निर्मलाको हत्या मैले नै गरेको हो


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलकै संलग्नता रहेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । उच्च प्रहरी स्रोतका अनुसार रावललले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । यद्यपि प्रहरीले यसबारे औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । गत साउन १० गते आफ्नो घरबाट साथीको घरमा जान हिँडेकी भीमदत्तनगर–२ की १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टि भएको थियो । निर्मला हत्याको आरोपमा मंगलबार साँझ काठमाडौंबाट भीमदत्त नगरपालिका–१८ का प्रदीप रावललाई सीआईबीको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार १८ वर्षीय रावल लागु औषध दुव्र्यसनी हुन् । प्रदीपका आमाबुबा दुवै भारतको बैंङ्ग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार साउन १० गतेसम्म महेन्द्रनगरमै रहेका प्रदीप साउन ११ गते गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।

‘‘झण्डै १० दिन भारतमा बसेपछि प्रदीप फेरि महेन्द्रनगर आएपछि हामीले समातेका थियौं– साउन २० गते । पछि उनलाई तारेखमा छाडिएको हो । त्यसपछि उनी फेरि हराए,’’ स्रोतले भन्यो । साउन १० गते प्रदीपले साथीहरुसँगै लागुऔषध सेवन गरेका थिए । घटनास्थल वरपर नै उनीहरुले लागुऔषध सेवन गरेको हुनसक्ने बताइएको छ । स्रोतले भन्यो, ‘‘लागुऔषध सेवन गरेपछि प्रदीपले ‘आज त बढी भयो यार’ भनेका थिए ।’’ प्रदीप पक्राउ परेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा बयान लिइएको थियो । प्रदीपले बयानका क्रममा आईजीपी खनालकै अघि भनेका थिए, ‘‘हत्या मैले नै गरेको हुँ । पक्राउ पर्ने डरले भाग्दै आएको थिएँ ।’’

प्रदीपले निर्मलाको घाँटी दबाएर हत्या गरेको बयानमा उल्लेख गरेको बताइएको छ । घटना स्वीकार गरेका रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरेर प्रयोगशालामा पठाइएको छ । रिपोर्ट भने आएको छैन । एक प्रहरी अधिकारीले भने, ‘‘निर्मला हत्यामा प्रदीपको संलग्नताको कैयौं आधार र प्रमाण भेटिएका छन् । डीएनए पनि हेरिरहेका छौं । सबै कोणबाट अनुसन्धान गहिरिएर गरिरहेका छौं । डीएनए नै एकमात्र विकल्प नहुनसक्छ ।’’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्रोतका अनुसार प्रदीपकै बयानका आधारमा कञ्चनपुरबट थप २ जना पक्राउ परेका छन् । भीमदत्तनगर नगरपालिका–१८ का दिनेश चौधरी र सन्दीप चौधरीलाई बिहीबार धनगढी विमानस्थलबाट काठमाडौं ल्याइएको छ । उनीहरुसँग पनि आईजीपी खनाल आफैंले सीआईबीमा पुगेर बयान लिएका थिए । स्रोतले भन्यो, “राति ११ बजेसम्म आईजी साब आफैं उनीहरुसँग बयान लिँदै हुनुहुन्थ्यो । साथमा अन्य अनुसन्धान अधिकृत पनि थिए ।’’ प्रहरी स्रोतका अनुसार प्रहरी यो घटनाको निचोडमा पुग्ने तयारीमा छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने, ‘‘अनुुसन्धान न्यारोडाउन भएको छ । अनुसन्धान जारी छ । अहिले सबै कुरा भन्न मिल्दैन ।’’

स्थानीय भन्छन्– निर्दोष नफसुन्
यसअघि प्रहरीले निर्मला हत्यामा संलग्नताको आशंकामा स्थानीय दीलिप विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, दीलिपको डीएनए म्याच नभएपछि उनी छुटेका थिए । हालसम्म निर्मला प्रकरणमा नौ जनाको डीएनए परीक्षण गरिएको छ । दीलिपलाई समातेपछि स्थानीयले निर्दोषलाई फसाउन खोजिएको भन्दै प्रदर्शन गरेका थिए ।

‘‘अहिले प्रहरीले देखाएको सक्रियता सकारात्मक छ । तर अपराधी छुटुन्, निर्दोष नफुसन् भन्ने हाम्रो माग हो,’’ निर्मलाका छिमेकी स्थानीय अगुवा अम्बादत्त तिवारीले भने । निर्मला हत्या प्रकरणको अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य केही प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले निर्मला प्रकरणबारे केही दिनमै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com