ओस्कर विजेता चर्चित हलिउड अभिनेता दौरासुरुवालमा काठमाडौंमा


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौंमा दौरासुरुवालमा घुमेको तस्वीर सार्वजनिक भएको छ । केहीदिनदेखि नेपालमा रहेका उनी आफ्नो कार्यक्रम ‘द स्टोरी अफ गड’को छायांकनका लागि नेपालमा आएको जनाइएको छ ।

अमेरिकी दूतावासले दौरासुरुवाल लगाएको तस्वीर सार्वजनिक गर्दै लेखेको छ – ‘हाम्रा सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी परियोजनाहरूको क्रममा हामीलाई सधैंं सोधिनेमध्ये एक प्रश्न होस् सम्पदा संरक्षण किन महत्वपूर्ण छरु धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरू सँगै हलिवुडका महान कलाकार मोर्गन फ्रीम्यान जस्ता कयौं पर्यटकहरूका लागि तीनलाई जोगाउन। वहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौंका सांस्कृतिक स्थलहरूमा घुम्दा गजब सुहाएको छ, छैन त ?’

त्यो बाहेक उनका अन्य तस्वीरहरु पनि सार्वजनिक भएका छन् । उनको कार्यक्रमको तेश्रो सिजन सन् २०१९ मा नेशनल जोग्राफिक टेलिभिजनबाट प्रशारण हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८१ बर्षीय फ्रिम्यान सन् १९६४ देखि हालसम्म हलिउडमा सकृय छन् । उनी अहिलेसम्म हलिउडका ६ दर्जन बढी चलचित्रमा मुख्य भूमिकामा देखिएका छन् । ‘लण्डन ह्याज फलन’, ‘टेड टु’ जस्ता चलचित्रमा देखिएका उनको नयाँ चलचित्र एन्जेल ह्याज फलन सन् २०१९ मा रिलिज हुँदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com