युएसनेपालअनलाइनको ११ औं वार्षिकोत्सव न्यूयोर्कमा भब्य (फोटो फिचर)


प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार

– दीपक परियार (फोटो समेत)

युएसनेपालअनलाइन डट कमको ११ औं वार्षिकोत्सव  न्यूयोर्कको  ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभा कक्षमा सम्पन्न भएको छ । युएसनेपालअनलाइनले बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’  द्वारा कदर गरिएको छ भने युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।

‘अतिथी सम्मान’ द्वारा कदर गरिएका ब्यक्तित्वहरुमा वरिश्ठ भर्जिनिया निवासी लोकगायक, गीतकार, कवि, पत्रकार एवं ब्यावसायी रामप्रशाद खनाल, महिला ब्यावसायी शर्मिला शेरचन (न्यू योर्क), वरिश्ठ नायिका बिनिता बास्कोटा पौडेल (न्यू योर्क), महिला कर्पोरेट नेतृत्व रेणु शर्मा सापकोटा (न्यू योर्क), मानवीय सामाजिक अभियन्ता रोशन ढुङ्गाना (न्यू योर्क), क्यानाडाकि महिला ब्यावसायी, सामाजिक अभियन्ता एवं चित्रकार रश्मी थापा मगर, लोकप्रिय लोकगायक, गीतकर एवं संगीत सर्जक बिमल डाँगी (न्यू योर्क) र ब्यावसायी, हेयरस्टाईलिस्ट एवं गीतकार पासाङ नुरु शेर्पा (न्यू योर्क) छन् भने ‘अतिथी सम्मान’ द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा मुस्ताङ किदूग युएसए (न्यू योर्क) र खेलकूद कमिटी (युनाइटेट शेर्पा एशोसिएसन युएसए) (न्यू योर्क) छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’ बाट युवा ब्यावसायी एवं रेकर्डिङ आर्टिश बिकाश खरेल, वातावारण, युवा मानवीय सामाजिक अभियन्ता एवं कलाकार पेमा छेवाङ शेर्पा, युवा चर्चित कलाकार शुस्मा खनाल, युवा विध्यार्थी नेत्री अनामिका शर्मा पौडेल र विध्यार्थी नेत्री एवं युवा सामाजिक अभियन्ता छिरिङ ल्हामु शेर्पालाई सम्मान गरिएकोछ । उक्त समारोहमा प्रमुख अतिथीको रुपमा उपस्थित नेपाल सरकारका वाणिज्यदूत एवं सुपरिचित साहित्यकार कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए । सम्मानित ब्यक्तित्वहरुको परिचय युएसनेपालअनलाइनका प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए ।

समारोहमा स्वागत मन्तब्य युएसनेपालअनलाइनकि आजीवन सदस्य वूमन फर कज कि निवर्तमान अध्यक्ष गीता पोख्रेल खनालले गरेकी थिईन् भने समारोहको सन्चालन युएसनेपालअनलाइनकि आजीवन सदस्य एवं साहित्यकर शकुन्तला ज्ञवालीले गरेकिथिईन् ।

न्यू जर्सी राज्य एसेम्बलीद्वारा रिजोलुसन र जर्सिसिटी शहरका मेयरद्वारा वार्षिकोत्सबका अवसरमा प्रोक्लेमेसन जारी

उक्त वार्षिकोत्सव समारोहका अवसरमा न्यू जर्सी राज्य एसेम्बलीद्वारा रिजोलुसन र जर्सिसिटी शहरका मेयर स्टेभन एम फुलपद्वारा युएसनेपालअनलाइनको ११औं वार्षिकोत्सवका अवसरमा प्रोक्लेमेसन जारी युएसनेपालअनलाइनको ११ औं वार्षिकोत्सवका अवसरमा प्रोक्लेमेसन (घोशणापत्र) जारी गर्दै सम्मान गरेका छन् । उक्त रिजोलुसन र प्रोक्लेमेसनमा युएसनेपालअनलाइनले नेपाल र अमेरिकामा रहेका नेपाली समाजलाई आधा विश्व टाढाबाट जोड्ने काम गरेको भन्दै जर्सी सिटी शहर गौरवान्बित बनेको उल्लेख गरिएको छ । उक्त न्यू जर्सी राज्य एसेम्बलीद्वारा रिजोलुसन र जर्सिसिटी प्रोक्लेमेसन र मेयर स्टेभन एम फुलपको शुभकामना सन्देश जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्तरुपमा प्रदान गरेकिथिईन् ।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्टबाट ३ नेपालीहरु सम्मानित

अमेरिकि शहर जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोद्वारा पत्रकार किरण मरहट्टा, लेखक राजन थापलिया र साहित्यकार शकुन्तला ज्ञवालीलाई साईटेसन कदर पत्रबाट सम्मान गरिएको छ ।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोद्वारा प्रदान गरिएको साईटेसन जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्त रुपमा प्रदान गरेकिथिईन् ।

आजीवन सदस्यहरुको स्वागत

समारोहमा युएसनेपालअनलाइनको आजीवन सदस्यहरुलाई आजीवन सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो ।

मनमोहक साँस्कृतिक प्रस्तुति

वार्षिकोत्सव समारोहमा वरिश्ठ लोकगायक रामप्रशाद खनाल, लोकगायक बिमल डाँगी, गायिका संगिता मुखिया, लोकगायक अभय ढुङ्गेल र लोकगायक सोम अधिकारीले नेपाली सुमधुर लोकगीत प्रस्तुत गरेर पाहुनाहरुलाई भरपूर मनोरन्जन दिलाए भने नृत्य तर्फ ‘युवा प्रतिभा पहिचान पुरस्कार २०१८’ बाट सम्मानित कलाकार शुस्मा खनाल, न्यू योर्कका संचारकर्मी योगेश आदि, बाल कलाकारहरु सिम्रन अधिकारी (१०), जारा प्रसाई (१०), र साम्राज्ञी रोक्का (७) ले मनमोहक नृत्य प्रस्तुत गरेका थिए।

समारोहको मैझारो प्रमुख अतिथी वाणिज्यदूत कृसु छेत्रीद्वारा ११ औं वार्षिकोत्सव बर्थ डे केक काटेर समापन गरिएको थियो । समारोहमा पाहुनाहरुलाई युएसनेपालअनलाइनको आजीवन सदस्यहरुद्वारा प्रायोजित होम मेड पटलक खानाको परिकारहरु खुवाईएको थियो ।

समारोहमा युएसनेपालअनलाइनको बिगतका ३ वार्षिकोत्सवहरु र यसपालीको ११ औं वार्षिकोत्सव समारोहको प्रमुख अतिथी रहनु भएका प्रमुख अतिथी वाणिज्यदूत कृसु छेत्री आगामी अगस्ट महिनामा आफ्नो कार्यकाल सकेर नेपाल फर्किनु हुने भएकोले युएसनेपालअनलाइन र न्यू योर्कका सामाजिक संघसंस्थाहरुका अगुवा प्रतिनिधीहरुद्वारा औपचारिक बिदाई सम्मान परम्परागत खादा पहिर्याएर गरिएको थियो ।

समारोहको सभापतित्व घोशणा गरिएका एवं एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीकि श्रीमती राजु पराजुली अघिल्लो राती अकस्मात बिरामी परी हस्पिटलाईजेसन पर्नु भएकोले समारोहमा उपस्थित हुन सक्नु भएको थिएन । समारोहमा श्रीमती राजु पराजुलीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

त्यसैगरी, युएसनेपालअनलाइनकि आजीवन सदस्य गीता पोख्रेलकि ससुरा एवं संचारकर्मी मनोज खनालका बुवा वरिश्ठ पत्रकार स्वर्गीय गोपिकृष्ण खनाल र वरिश्ठ नायक रामराज छेत्रीका बुवा तथा वरिश्ठ नायिका सुबर्णा छेत्रीकि ससुरा स्वर्गीय नरबहादूर छेत्रीको स्मरण र श्रद्दा सूमन अर्पण गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com