‘हेड टु हेड’च्यालेन्जबाट शृंखला बाहिर, टप ३० मा पुग्ने सम्भावना अझै बाँकी
प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार
नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१८ को ताज पहिरिएकी शृङ्खला खतिवडा यतिबेला चीनको सान्यामा मिस वर्ल्ड २०१८ को ताज नेपाल ल्याउन जोडतोडले कम्मर कसेर लागिपरेकी छिन् ।
तर हिजोको ‘हेड टु हेड’ च्यालेन्जको दोश्रो राउन्डमा भने पराजित भएकी छिन् । हेड टु हेड च्यालेन्जको १३ औं समुहमा परेकी शृङ्खला समूह बिजेता बन्दै शृङ्खला पहिलो राउण्डमा पुगेकी थिइन् ।यसमा जितेको भए शृङ्खला टप ३० मा पुग्ने थिइन्। उनी टप ३० मा पुग्ने सम्भावना भने अझै बाँकी नै छ। ३० मध्ये बाँकी १७ प्रतिस्पर्धामा कुनै पनि जितेमा उनी टप ३० मा पुग्न सक्नेछिन्।
हिजोको राउन्डमा उनले दिइएको प्रस्तुति सबै नेपाली समर्थकले मन पराए तर सम्पुर्ण निर्णायकले मिस सिंगापुर भेनिसा पेहलाईको प्रस्तुतिलाई मन पराए । त्यसैले शृङ्खलाले पराजय बेहोर्नु पर्यो ।
पराजय पछि उनले एक भिडियो सार्बजनीक गर्दै सबै नेपालीमाझ माफी मागेकी छिन । ९० सेकेण्डको सममा ब्युटी विथ प्रपोज प्रोजेक्टको रुपमा श्रृंखलाले मकवानपुरको एक दुर्गम चेपाङ्ग गाउँमा सुरु गरेको अभियानका बारेमा बोलेकी थिइन् ।
त्यहाका बासिन्दा शिक्षा स्वास्थ्यका बारेमा उनले आफ्नो अभिव्यक्ति दिएकी थिइन् । उनको जवाफको मिस वर्ल्ड २०१३ मेगान योङ, मिस वर्ल्ड २०१६ स्टेफनी डेल भले र मिस वर्ल्ड २०१७ मानुषी छिल्लरको मूल्यांकन गरेका थिए । सिंगापुरका भेनिसा पेह विजेता बने संगै टप ३० मा स्थान सुरक्षित भएकी हुन् ।
यो प्रतिस्पर्धा जितेर टप ३० मा पुग्ने चाहाना भए पनि नसकेको उनले बताएकी छन्। ‘टप ३० मा पुग्ने अझै १७ प्रतिस्पर्धा बाँकी रहेकाले सम्भावना बाँकी छ’, उनले भनिन्, ‘अहिले नै निराश नहुन आग्रह गर्छु।’