चर्को विरोधपछि काठमाडौँमा हट्यो जोर बिजोर प्रणाली
प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार
चौतर्फी विरोधपछि सरकारले जोर विजोर प्रणाली बिहान साढे ११ बजेदेखि लागू हुनेगरी हटाएको हो ।
यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ र १५ गते बिजोर र १४ र १६ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइने व्यवस्था गरेको थियो ।