आईसिटी पत्रकारिता सम्मान जितेन्द्र जिसी लगायतलाई


प्रकाशित मिति : पुस २, २०७३ शनिबार

आइसिटी पत्रकार मञ्चले संचारकर्मी जितेन्द्र जिसीलाई आइसिटी पत्रकारिता सम्मान २०१६ ले सम्मानित गरेको छ । डिजिटल जर्नालिज्ममा सकृय पत्रकार जिसीलाई नेपाली काग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्र बहादुर बानियाले सम्मान प्रदान गर्नुभएको हो । आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सवको अवशरमा यस्तो सम्मान प्रदान गरिएको हो ।

वरिष्ठ पत्रकार प्रेम कैदी, सञ्चारकर्मी माधव खरेल, सञ्चारकर्मी किरण गौचन, पत्रकार तथा फोटोग्राफर पुकार तिमिल्सिना लगायतलाई पनि आईसिटी सम्मान २०१६ ले सम्मानित गरियो ।

कार्यक्रममा माइक्रो, देवनागरी, सुपर र ग्रीन कम्प्युटर आविष्कारक कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई आइसिटी पायोनियर २०१६ बाट सम्मानित गरिएको थियो भने आवाजको दुनियाको साथी कार्यक्रम प्रस्तोता पत्रकार, कलाकार, फिल्म निर्देशक दिनेश डिसीलाई आइसिटी पत्रकारी सम्मान २०१६ बाट सम्मानित गरिएको छ । आइसिटी जेष्ठ नागरिक सम्मान रामकृष्ण कर्माचार्यलाई प्रदान गरिएको छ ।

आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोहको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कग्रेसका नेता तथा पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता अहिलेको मुख्य चुनौती भएको बताउनुभयो । सिंहले सामाजिक सञ्जाल तथा सोसल मिडियामा प्रयोगमा केही कमी कमजोरी भएको बताउदै प्रयोगकर्ताहरुले पनि सही विषयवस्तुलाई राम्ररी नबुझी छिटो प्रतिक्रिया पोख्दै जँदा सामाजिक सञ्जाल असभ्य बन्दै गएकोले बेलैमा यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com