राष्ट्रपतिलाई १८ करोडको गाडी, दरबारमार्गमा ज्ञानेन्द्रको थोत्रो गाडी स्टार्ट नभएर तनाव !
प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलाशी गाडी खरिदका लागि सरकारले १८ करोड दिएको भन्दै सर्वत्र विरोध भैरहेको छ। सरकारको निर्णयको कारण एकपटक सामाजिक संजालमा फेरी तरंग पैदा भएको थियो।
सर्वसाधारणहरुले सरकारको यस निर्णयको सामाजिक संजालमा खुलेरै विरोध गरे। राष्ट्रपतिलाई १८ करोडको गाडी काण्ड चल्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह चढ्ने गाडी स्टार्ट नभएपछि धकेल्नु परेको खुलासा भएको छ।
ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहको जन्मदिन मनाउनको लागि काठमाडौंको दरबारमार्गस्थित ‘तिसरा’ रेष्टुरेन्टमा जमघटको क्रममा पूर्वराजा शाह, पूर्वरानी कोमल, पूर्वयुवराज पारस शाह र राजपरिवारका नातेदारहरूको राम्रै उपस्थिति रहेको थियो। त्यहि कार्यक्रममा शरिक हुन आएका पूर्वराजा शाहको बा ४ च ३८०७ को गाडी स्टार्ट नभएको एक प्रतक्ष्यदर्शीले बताएका छन्।
शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएको निर्मल निवास फर्किने क्रममा ज्ञानेन्द्रको गाडी स्टार्ट नभएको बुझिएको छ। गाडी स्टार्ट नभएपछि हतार हतार सुरक्षाकर्मीले उक्त गाडीलाई घकेलेर स्टार्ट गरेका थिए।
ज्ञानेन्द्र रेष्टुरेन्टबाट निक्लिंदै गर्दा गाडी चालकले स्टार्टको कोसिस गरेका थिए। तर चिसोको कारण इन्जिन स्टार्ट नहुँदा नजिकै रहेका सुरक्षाकर्मीले घकेलेका थिए। तर ज्ञानेन्द्र गाडीसम्म आइपुग्दा भने स्टार्ट भैसकेको बुझिएको छ। ज्ञानेन्द्रलाई गाडी सम्म छोड्न पारस आफै आएका थिए। तर कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह भने उपस्थित रहेकी थिइनन्।
ज्ञानेन्द्र चढेको गाडी पुरानो मोडलको रहेको हुँदा चिसोको कारण इन्जिन स्टार्ट नभएको आकलन गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र पुरानो गाडीमा सयर गरिरहेको विषयलाई र १८ करोड काण्डलाई विभिन्न तरिकाबाट विश्लेषण गर्न सकिन्छ।






