अमेरिकामा नेपाली काँग्रेसको कृयाशिल सदस्यता वितरण, अमेरिकामा झण्डै ७५० कृयाशिल सदस्य


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेस पार्टीबाट प्राप्त कृयाशिल सदस्यता एक भव्य कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । नेकाका आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द बिष्टको प्रमुख आथित्य र महासचिव मुनिन्द्र नेम्बाङको बिशेष उपस्थितीमा वितरण गरिएको कार्यक्रममा कृयाशिल सदस्यता लिने सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

नेका सोलुका युवा नेता एवं प्रदेश सभाका प्रत्यासी  प्रकास सिंह कार्की, सिन्धुपाल्चोकका महासमिति सदस्य  जिमी लामा ह्योल्मो र ललितपुर जिल्ला महिलासंधका उपसभापति भगवती शर्मा समेतको बिश्ष उपस्थिति रहेको सो कार्यक्रम न्यूयोर्क शहरको स्थानीय ज्याक्सन हाईटमा आयोजना गरेको थियो । वितरण गर्न बाँकी रहेको कृयाशील सदस्यता च्याप्टरका उपसभापति अमर तामाङ , महासचिव महेश मल्ल र सचिव अनिल पाण्डेको जिम्मामा रहेको कुरा च्याप्टरका सभापति रोशन ढुंगानाले सामाजिक सन्जाल मार्फत आभार प्रकटको क्रममा सबालाई जानकारी गराएका थिए ।

साथै नोभेम्बर १८ तारिखका दिन सोही स्थानमा न्यूयोर्क च्याप्टर कै आयोजनामा नेपाली काँग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य युवा नेता विज्ञ श्री जिमी लामा ह्योल्मो” द्घारा संघीय प्रणाली, विधायी प्रणाली र सार्वजनिक नीतिका बारेमा” एक अन्तरक्रिया एवं छलफल कार्यक्रम समेत गरी छुट्टै ढाँचाको कार्यक्रम समेत च्याप्टरले सम्पन्न गरेको थियो । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाको उपसभापति अमर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कृयाशिल सदस्यता वितरण कार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य सचिव अनिल पाण्डेले गरेका थिए ।

अमेरिकामा लगभग सातसय पचास संख्यामा कृयाशिल सदस्यता छन्। पार्टीबाट अनुमोदित भएर आएको कृयाशिल सदस्यता सबै च्याप्टरहरूमा पठाई सकेको र छुटेको कृयाशिल सदस्यतालाई चाँडो पार्टीमा सम्पर्क गरी त्यसको समाधान गर्ने कुरा नेतृत्वले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com