शुभमको डिजाइनमा जाडोमा महिला पुरुष दुबैका लागि सस्तो र आकर्षक पस्मिना आउटवेयर


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

उदयमान युवा फेशन डिजाइनर शुभम चौधरीले जाडोमा महिला र पुरुष दुबैका लागि हुने सस्तो र आकर्षक पस्मिनाको आउटवेयर बजारमा ल्याएका छन् । फर्मल पार्टी वेयरदेखि क्याजुअल ड्रेसअपसमा समेत लगाउन मिल्ने यो आउटवेयर अथेन्टिक पस्मिनाबाट बनाइएको हो ।

एकमूल्य ३ हजार रुपैयामा उपलब्ध पस्मिना आउटवेयर कम जाडो मौषममा भित्र टिसर्ट लगाएर पनि लगाउन सकिने एकदम जाडो हुँदा भित्रपट्टी स्वेटर लगाएर ओभरकोटका रुपमा प्रयोग गर्न सकिने खालको रहेको छ । यदि तपाई पनि यो आउटवेयर किन्न चाहनुहुन्छ भने +9779823072882 नम्बरमा ह्वाट्सएप, भाइबर वा सिधा फोनमा मेसेज पठाउन वा कल गर्न सक्नुहुनेछ ।

गतबर्षको मिस्टर थारुका फस्ट रनरअप समेत रहेका युवा फेशन डिजाइनर चौधरी यसबर्षको मिस एण्ड मिस्टर थारुका सांस्कृतिक डिजाइनर समेत रहेका थिए । उनले परम्परागत मौलिक नेपाली पोशाकमा आधुनिकता मिश्रण गरेर नयाँ पुस्ताका लागि फेशन डिजाइन गर्दै आएका छन् ।

मोडल: मन्दीप राई, सलिना चौधरी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com