एनआरएन अमेरिकाको साधारणसभा जनवरी १४ मा टेक्सासमा


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषदले एनआरएनए अमेरिकाको बिधान अनुसार टेक्सासमा बार्षिक साधारण सभा गर्ने भएको छ । जनवरी १४ शनिवारको दिन टेक्सास राज्यको डलासमा साधारण सभा गरिन लागेको हो । उक्त साधारण सभाको कन्भेनरमा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष राम सि पोख्रेललाई तोक्ने निर्णय कन्फ्रेन्सकल वैठकले गरेको छ ।

साधारणसभाको लागि अमेरिकाको विभिन्न राज्यका सम्पूर्ण च्याप्टरका अध्यक्ष महानुभावहरू, च्याप्टरका सम्पूर्ण पदाधिकारीहरू,साथै एनआरएनएका सदस्यहरु लगायत सम्पूर्ण संघसंस्था, पत्रकार, बर्तमान कार्यसमितीका, सल्लाहकार, पूर्वकार्यसमितिका पदाधिकारीहरु आइसिसीका सदस्य, क्षेत्रिय उपसंयोजक, क्षेत्रिय संयोजक, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबैलाई जानकारी तथा दिइएको छ ।

साधारण सभामा उपस्थितिका लागि यस संस्थामा आवध्द सम्पूर्ण सदस्यज्यूहरू, निवर्तमान तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू, वर्तमान तथा निवर्तमान आइसीसीका पदाधिकारीहरू, सल्लाहकारहरू, सम्पूर्ण च्याप्टरका अध्यक्षहरू तथा पदाधिकारीज्यूहरूलाई होटल तथा प्लेन टिकट वुक गराई सस्तोमा सीट सुरक्षित गर्न अनुरोध गरिएको छ ।

कन्फ्रेन्स कल मिटींगको वैठक एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेलको अध्यक्षतामा भएको थियो भने बैठक सन्चालन एनआरएनएका महासचिव तिलक श्रेष्ठले गर्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com