गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने


प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार

अमेरिकी सरकारले जारी गरेको नयाँ नियम अनुशार गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेहरु अब एसाइलमका लागि अयोग्य हुने भएका छन् । डिपार्टमेन्ट अफ जस्टिस र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जारी गरेको नयाँ नियम अनुशार अब मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेहरु एसाइलमका लागि अयोग्य हुने भएका छन् ।

बर्षेनी दक्षिण अमेरिका हुँदै मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर सयौं नेपालीहरुले एसाइलम आवेदन दिने गरेका छन् । दलाललाई ५० लाखसम्म बुझाएर यसरी गैरकानुनी रुपमा अमेरिका आउनेहरुको संख्या सन् २०१२ यता ह्वात्तै बढेको थियो । अब उनीहरु पनि अमेरिकामा एसाइलमका लागि अयोग्य हुनेछन् । तर सिमाक्षेत्रमा आएर पोर्ट अफ इन्ट्रीमा आत्मसमर्पण गर्नेहरु भने एसाइलमका लागि योग्य हुन सक्नेछन् ।

नवनियुक्त महान्यायाधिवक्ता म्याथ्यु ह्वीटकर र होमल्याण्ड सेक्युरिटी प्रमुख क्रिस्चेन नेल्सनले बिहिबार संयुक्त बक्तब्य जारी गर्दै सिमापारबारे अमेरिकी राष्ट्रपतिको सिमाबन्दीलाई उल्लंघन गर्ने आप्रवासीहरु इमिग्रेशन एण्ड नेशनालिटी एक्टको २१२ (एफ) वा २१५ (ए) (वान) अनुशार एसाइलमका लागि अयोग्य हुने बताएका छन् । यो नियम राष्ट्रपतिको घोषणा लगत्तै जारी हुने वक्तब्यमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारेको घोषणामा छिट्टै हस्ताक्षर गर्ने जनाइएको छ । राष्ट्रपति ट्रम्पको मध्यावधी चुनाव अभियान पनि अध्यागमनका विषयमा नै केन्द्रीत रहेको थियो ।

अन्तरिम आदेशको फाइनल ड्राफ्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com